दुई हठीबीच जनता नपिल्सिउन्

SHARE:

खिम घले

१६ दिनदेखि प्रा. डा. गोविन्द केसी जुम्लामा अनशन बसिरहेका छन् । रुरुउनले मेडिकल शिक्षाको क्षेत्रमा सुधारको माग गरेर बसेको अनशन टुङ्गिने छाँटकाँट देखिन्न । त्यसै गरेर नेकपाका अध्यक्ष केपी ओली पनि शक्तिशाली सरकारको नेतृत्व गरेर राजधानीमा छन् । उनी पनि आफ्नो अडानमा टसकामस छैनन् ।

मैले यसअघि डा. केसी र प्रधानमन्त्री ओलीबीच आमनेसामने भनेर लेखेको थिएँ । त्यस्तै अवस्थाको सृजना भएको छ अहिले । एकतिर १५ औं पटकसम्म अनशन बसेका, आफ्नो बुझाई र मागबाट एक इञ्च पछि नहट्ने व्यक्ति आफुले भने जस्तो नभए प्राण त्यग्ने अड्डी लिएर अनशनमा बसेका छन् भने अर्कोतिर दुई तिहाई सांसदको समर्थन प्राप्त सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओली उनले भनेका सबै माग पुरा गर्न नसकिने हठमा छन् ।

यि दुई जनाको हठमा आ–आफ्नो फाइदा कुरेर बस्नेहरुको जमात पनि ठूलो छ । यद्यपी डा. केसीका मागहरुलाई यसअघि देखिने जायज र आवश्यक ठान्नेहरुको सहरी जमात कम छैन । अहिले पनि डा. केसीका मागलाई सही मानेर समर्थन गर्ने मिडिया, प्रबुद्ध वर्ग र चिकित्सकहरु त एकातिर छँदैछ । अर्कोतिर उनको अनशनलाई अगाडी सारैर आफ्नो पार्टीको प्रभाव विस्तार गर्न खैैज्ने र सरकारको विरोध गर्न लागि परेका कांग्रेस, फाइदा पुग्ने केही मेडिकलवाला र सरकार तथा प्रधानमन्त्री ओलीको कार्यशैली मन नपराउने एउटा जमात डा. केसीका पक्षमा छन् ।

ओलीको पक्षमा भने सत्तारुढ नेकपाको पार्टी पंक्ति त छ ने, त्यसको अलवमा मेडिकल कलेज सञ्चालन गर्न खौज्ने समुह, डा. केसीको हठमा असहमतहरुको जमात र सरकारकाट सुविधाहरु प्राप्त हुन सक्ने खालको केही व्यक्तिहरु रहेका छन् । यसरी हेर्दा डा. कैसीको पक्षमा जति मानिसहरु सकडमा छन्, त्यो भन्दा धेरे गुणाको समर्थन सरकारमा रहैको देखिन्छ । यद्यपी सकुरातले भने जस्तै यस्तो विषयहरु बहुमत र अल्पमतमा होइन । विवेकबाट निराकरण गरिनु पर्दछ । नत्र त्यसले प्राविधिक बहुमतको कुरामात्र हुन पुग्दछ । अनि जनताले दिएको अभिमत सरकार र सरकारमा रहनेहरुको लागि पाँच वर्षसम्म मनलाग्दी गर्ने लाइसैन्स जस्तो हुन पुग्दछ ।

डा. केसीको हठ
डा. केसीलाई सबैले चिनेका छन्, उनको हठ वा अडानका कारण । उनी साधु जस्ता छन् । परिवारका कोही सदस्य छैनन् । टिचिङ हस्पिटलमा पढ्उँछन् । त्यहीको होस्टेलमा बस्छन् । त्यही हाडजोर्नी विभागमा काम गर्छन् । अनि आफुलाई चित्त नबुझेको र यसलै मेडिकल क्षेत्रमा असर पार्छ भन्ने खालको कानुन बनेमा वा व्यक्तिको नियुक्ति गरिएमा उनी असन बस्न तम्सि हाल्छन् । यसका लागि उनी सरकार, अदालत वा जो कोही देखेर डराउँदैनन् । हुन पनि उनका लागि जाने भनेको एउटा ज्यान हो, त्यस बाहेक केहीको पनि छैन र पर्वाह गर्दैनन् ।

विगत दश वर्षदेखि उनी यही क्रममा छन् । सबै सरकारका बिरुद्ध अनशन बसेका छन् । पछिल्लो पटक उनी अदालत र प्रधानन्यायाधीश गोपाल पराजुलीकै विरुद्ध पनि अनशन बसे । उनले पराजुलीलाई माफिया मात्र भनेनन्, घुस्याह पनि भने । तर, उनी माथि लगाईको अदालतको मानहानी सम्बन्धी मुद्दबाट पराजुली आफै पछि हट्नु पर्ने अवस्था आयो ।

केसीले उठाएका मागहरु नजायज छैनन् । उनले नेपाली मेडिकल शिक्षाको क्षेत्रमा भित्रिएका बिकृतिहरको विरोध गर्नु र त्यसको सुधार हुनुपर्छ भन्नु नराम्रो होइन । यसमा साथ र सहयोग दिइनु पर्दछ । त्यसमा लागि उनलै उठाएका विषयहरु जायज छन् ।

यद्यपी मैले यहाँ डा. केसीको हठ के कुरामा भनेको छु भने उनी जे भन्छन् त्यो हुने पर्छ भन्ने मान्यता राख्छन् । यो उनको हठ हो, त्यो पटकपटक स्वीकार गरिएको पनि छ । राजनीतिक नेतृत्व र अहिलेसम्म रहेका हाम्रा ओहदाधारीहरुले ठिकसंग काम गर्न नसक्नुको कारण हो । उनीहरकमो अकर्मन्यताको कारण हौ । तर, यसको अर्थ कै हुन सक्दैन भने डा. केसी र उनलाई अगाडी राखैर अघि बढ्ने जमातले भने अनुसार मात्र कुने पनि विषयको समाधान हुन सक्छ भन्ने मान्यता भने राख्न सकिन्न ।

हरेक मुलुकको विकासको आफ्ने बाटो भए जस्तो, हरेक विषयको समस्या समाधान गर्ने पनि फरक व्यक्ति र इकाईको फरक तरिका हुन सक्छ । डा. कैसीले राम्रो उपायका रुपमा सुझाएका विषयहरुमा अरु पनि उपायहरु आउन सक्छन् । त्यसैले मैले भनेको हुने भए हुन्छ नहुने भए म मरिदिन्छु भन्ने जुन हठ छ त्यसले अरुको बिचार र भावनालाई निषेध गर्दछ ।

प्राध्यपक केदारभक्त माथेमाको समितिले प्रतिवेदन बनाउँदै गरेको बेलाको याद आउँछ मलाई । त्यस बैला डा. केसीकै सहयोगीहरुले धेरे दौडधुप गरेका थिए । समितिको प्रतिवेदन डा. केसीको भावना विपरित आउने भयो भनेर धेरे पटक कुरा बाहिर ल्याए । भलै अहिले डा. माथेमाले अहिले आफ्नो समितिको प्रतिव्दनको जमेर वचाव गरेका छन् । उनले प्रतिवेदनमा मेडिकल क्षेत्र सुधारका उायहरु औल्याएका छन् ।

ओलीको हठ
पछिल्लो ३० वर्षमा जनअनुमोदित सबैभन्दा शक्तिशाली प्रधानमन्त्रीको रुपमा केपी ओली रहेका छन् । उनमा केही अहं छ भने केही गरौं भन्ने भावना रहेको पनि देखिन्छ । यद्यपी उनका वरिपरी र उनलाई सघाउने र फसाउनेहरुको लामो जमात रहेकै छ ।

पहिलो कुरा, ओली अरुलाई टेर्दैनन् । उनी आफुलाई लागैको कुरालाई लागु गराउने धुनमा रहन्छन् । अरुको कुरा खाँदैनन् । अझ दुई तिहाई बहुमतको प्रधानमन्त्री भएपछि उनलै अरुलाई टैर्ने कुरे भएन । पहिलो संविधान सभाको चुनावमा जव उनी झापामा चुनाव हारेर काठमाडौं विमानस्थलमा उत्रिए, उनले भने, ‘जनताले गल्ती गरेका छन्, पछुताउने छन् ।’ उनको आशाय त्यस बेला चुनाव जितेको माओवादीतर्फ लक्षित थियौ । यसबाट के स्पष्ट हुन्छ भने उनी झुक्दैनन् । आफु हार्दा पनि उनी आफ्नौ गल्तीले हारेको भन्देनथे । बरु जनताले गल्ती गरेकाले एक दिन जनताले पछुताएर सच्याउने बताउँथे ।

माओवादीसँगको शान्ति प्रकृयालगायतका अरु धेरे विषयहरु छन् । जहाँ ओलीको अडानकै कारण विषयहरु लम्बिए । टुङ्गिएनन् वा अन्तिम् अवस्थामा मात्र टुङ्गोमा पुगे । कतिपय अवस्थामा उनेको कारण भाँडिन लागेको वार्ताहरु अन्तिम्मा उनेले टुङ्गोमा पुर्‍याए । कतिपय वार्ताहरु भंग ने भए । तैपनि उनी सितिमिति अडान छाड्दैनथे ।

अहिलेकै अवस्थामा पनि डा. केसीको मागहरु सबै पुरा गर्न नसकिने र डा. माथेमाको प्रतिवेदनलाई हुवहु कार्यान्वयन गर्न नसकिने अडानमा प्रधानमन्त्री ओली छन् । उनको बोलीमा यो १६ दिनमा परिवर्तन देखिएको छैन । डा. केसीले अनसनको घोषणा गरेको दिन उनी जे भन्थे त्यस विषयमा अहिले पनि त्यही भनिरहेका छन् । उनका केही तर्कहरु छन्, संसदको विषयलाई बाहिरबाट डिक्टैट गर्न मिल्दैन, दश वर्षसम्म काठमाडौंमा मेडिकल कलेज खोल्न नपाउने भन्ने नियम मान्न सकिंदैन । कहाँ कति मेडिकल कलेज खोल्ने भन्ने काम सरकारको हो । कसैले अनशन बस्दैमा गर्ने हौइन । यद्यपी उनी डा. केसीसंग छलफल गर्न तयार रहैको र उनीसंगको छलफलको आधारमा निर्णयहरु लिन तयार रहैको बताउँछन् ।

प्रधानमन्त्री ओलीले डा. केसीलाई जुम्लाबाट काठमाडौं आएपछि मात्र कुराकानी गर्ने बताएका छन्भने डा. केसीले सरकारी वार्ता टौली जुम्लामै आएमात्र बार्ता हुने बताई रहैका छन् । डा. केसीको यही सर्तका कारण सरकारलै १६ दिन वित्दापनि वार्ता टौली बनाएको छैन भने काठमाडौं आएपछि आफुलाई अनशन तौड्न बाध्य बनाइन्छ भने डरका कारण डा. केसी काठमाडौं आउन चाहिरहेका छैनन् ।

बीचको बाटो
डा. केसीको पक्षमा कांग्रेससहित एकथरी सडकमा उत्रिएका छन् । डा. केसीको प्राण बचाउ, उनको मागहरु पुरा गर भन्ने नारा उनीहरुले लगाएका छन् । नेपाल चिकित्सक संघले डा. केसीका मागहरु पुरा गराउनकै लागि भनेर आन्दोलनको घोषणा गरेको छ । उनीहरुले आकसिमक बाहेकका सबै कामकाज ठप्प बनाउने चेतावनी दिएका छन् । विगतमा पनि आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर आन्दोलन उत्रिएको उदाहरण छ । तर, यस पटक सरकारले काम रोकेर आन्दोलनमा उत्रिए कारवाही गर्ने चैतावनी दिएको छ । यसले चिकित्सकहरुलाई अप्ठ्यारौमा पारेको छ । यस्तो अवस्थामा दु:ख पाउने भनेको सर्वसाधारणलै ने हो । त्यसैले मुलुकको स्वास्थ्य सेवाको अवस्था गएगुज्रेको छ । त्यसमा पनि डाक्टरहरुले हडताल गरेको अवस्थामा निश्चय पनि सर्वसाधरणलै समस्या व्यहोर्नु पर्नेछ । यौ गोरुको जुधाईमा बच्छाको मिचाइ हुनेछ ।

त्यसैले चिकित्सक संघलगायतका प्रबुद्ध वर्गको चासो यसको समाधान निकाल्नु हो । त्यो पनि संवादको माध्यमबाट, सर्वसाधारणलाई कम भन्दा कम मर्कामा पर्ने गरी । यिनीहरुको काम जसरी एकथरी डा. केसीलाई उचालैर आफ्नो दुनो सोझ्याउने काममा लागेका छन् भने अर्कोतिर ओलीलाई ट्यापमा पारेर आफ्नो फाइदा लिने दाउमा छन् । यो दुबैबाट बच्दै केसी र ओलीबीचको संवाद अहिलेको आवश्यकता हो । त्यहीबाट मात्र मुलुकको स्वास्थ्य सेवामा सुधार ल्याउन सकिन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!