काठमाडौं ८ नोभेम्बर २०२२ । बेलायत र क्यानाडामा प्रदर्शनको अपार सफलतापछि गोर्खालीहरुको आत्मकथा र अनुपम गाथामा आधारित चलचित्र ‘सोल अफ द कमान्डो’ मंसिर २३ गतेदेखि नेपालभर प्रदर्शन हुने भएको छ ।
चलचित्र निर्माता एवं नायक ग्रयान्ड मास्टर राजकुमार राईले कात्तिक २५ गते चलचित्र, रङ्गमन्च र खेलकुद जगतका विसिष्ट अतिथिहरुमाझ पत्रकार सम्मेलन गरिने र ओएस्आर डिजिटल्का विभिन्न च्यानलहरुबाट ट्रेलर गरिने जानकारी दिए ।
चलचित्रमा अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता, पूर्वतेक्वान्दो खेलाडी राजकुमार राईको मुख्य भूमिका रहेको र शिशिर वाङ्देल, नरेन खड्का र रुपेश झाको बेजोड अभिनय देख्न पाइनेछ । महिला कलाकार कमला खापुङ्ग, शेशुका राई र सिमा राईको भूमिका रहेको भूमिका छ । यूके र क्यानडाको रिभ्यु हेर्दा अधिकांश दर्शहरुले यो चलचित्र हरेक नेपालीले एकपटक हेर्नैपर्ने बताएका छन् ।
“नेपाली चलचित्रको क्षेत्रमा, समुराई (राजकुमार राइ) को २४ बर्ष पछि को पुनराआगमन कस्तो हुने हो?” यो आँफैंमा एउटा कौतुहल बिषय बनेको छ । एउटा नेपालीको नाताले, उन्को सम्मानमा एक पटक यो चलचित्र हेर्न पर्ने देखिन्छ ।






