नेपाली फिल्म ‘डिसेम्बर फल्स’को टिजर रिलिज

SHARE:

काठमाडौं नोभेम्बर १७ ।

नेपाली फिल्म ‘डिसेम्बर फल्स’को टिजर रिलिज भएको छ ।

आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्मको १ मिनेट १५ सेकेण्ड अवधिको टिजर बिहीबार युट्युबमा सार्वजनिक भएको हो ।
प्रविण झाको निर्देशनमा बनेको ‘डिसेम्बर फल्स’ पुस १५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउनेछ । रामप्रसाद रिजाल प्रस्तुतकर्ता एवं निर्माता रहेको यस फिल्मका लागि आर्यन र उपासनाले निकै मेहनत गरेको टिजरमा देख्न सकिन्छ ।

उक्त चलचित्रमा आर्यन र उपासनाका अलावा सलोन बस्नेत, शिवहरी पौडेल, नगेन्द्र रिजाल, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरी, नरेश भट्टराई, सुमन थापालगायतको अभिनय छ । बनिश शाहले सम्पादन गरेको यो फिल्मको पटकथा तथा संवाद केदार भुषाल र प्रतिक पौडेलले तयार पारेका हुन् ।

रोमान्टिक थ्रिलर जनरामा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता तथा निर्माता राम प्रसाद रिजाल हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!