करण राईले जिते ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनको उपाधि

SHARE:

काठमाडौं २३ डिसेम्बर २०२२ । ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनको उपाधि करण राईले जितेका छन् ।

शुक्रबार भएको ग्राण्ड फिनालेमा टिम राजुबाट प्रतिस्पर्धा गरेर जितेका राईले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे । विजेता बनेका करणले नगद २५ लाखसहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फोन पनि पुरस्कार प्राप्त गरे ।

टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भए । टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए भने टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने । दर्शकको भोटको आधारमा विजेता घोषित गरिएको जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!