‘अ स्याड सङ अफ लभ’ वृत्तचित्र बेलायतमा भव्य प्रदर्शन

SHARE:

नगेन्द्र नेम्बाङ
लन्डन ३ जनवरी २०२३ । ‘अ स्याड सङ अफ लभ’ वृत्तचित्र बेलायतका बिभिन्न स्थानहरुमा भव्य प्रदर्शन भइरहेको छ ।

अधुरो प्रेम कहानी, अपुरो जीवन विगत केही वर्षअगाडि जाजरकोटका दलित युवा नवराज बिक र रुकुमकी एक ठकुरी युवतीसँगको प्रेम विवादमा झडप हुँदा नवराज बिकलगायत ६ जना युवाहरुले ज्यान गुमाएको अति हृदयबिदारक यथार्थ घटनालाई समेटिएको उक्त वृत्तचित्र बेलायतको उत्तरी भेग डोनकास्टरमा पहिलो प्रदर्शन भएको हो । किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष नरबिर आङ्बोको प्रमुख आथित्यमा उक्त फिल्मको उद्घाटन गर्दै पहिलो प्रदर्शन गरिएको कार्यकारी निर्माता जीवनप्रकाश सेर्माले बताए ।

यसैगरी दोस्रो प्रदर्शन आउँदो शनिबार ०७ जनवरीको दिन ननिङ्टनमा हुने र बेलायतका बिभिन्न स्थानहरुमा चाँडै प्रदर्शन गरिने सेर्माले बताए । टिकट न्युनतम १० पाउन्ड तोकिएको र उक्त संकलित रकमको केही हिस्सा पीडितहरुको परिवारलाई सहयोग गर्ने सेर्माले बाताए । यस वृत्तचित्रको कार्यकारी निर्माता जीवनप्रकाश शेर्मा हुन् भने लेखन, निर्देशक भानु बोखिम रहेका छन् ।

वृत्तचित्र ‘अ स्याड सङ अफ लभ’मा जातीय विभेद र त्यसले उत्पन्न दुखान्त परिणामलाई समेटिएको छ । यसले रुकुमकी ठकुरी समुदायको युवतीसँग प्रेम गर्दा मारिएका जाजरकोटका नवराज बिक र उनका साथीहरुको परिवारको दु:ख, पीडालाई समेटिएको छ । उनीहरु आज कसरी बाँचिरहेका छन् अनि राज्य र सरकारसँग के अपेक्षा राखेका छन् ? साथै यस्ता यस्ता विभेद र हिंसाको घटना भइरहनुमा हाम्रो इतिहास र सामाजिक संरचनाको भूमिका के छ ? यही कुरा वृत्तचित्रमा समेटिएको छ ।

जनजाति समुदाय आफै पनि सिमान्तकृत र राजनीतिक विभेदमा परेको समुदाय हो । साथै मानवता र समानताका लागि सबैले विभेदको विरुद्ध बोल्नु वा आवाज उठाउनु पर्छ । तसर्थ, समाजलाई विभेदरहित र समतालमूलक बनाउन केही भूमिका खेलोस् भन्ने उद्देश्यले यो वृत्तचित्र तयार पारेको लेखन, निर्देशक भानु बोखिमले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!