नेपाली चलचित्र ङ्हेल्स्यो (सैना) प्रथम पटक बेलायतमा प्रदर्शन हुदै

SHARE:

नेपाली चलचित्र ङ्हेल्स्यो (सैना) प्रथम पटक बेलायतमा प्रदर्शन हुदै

चिम्खोले काईला – बेलायत

नेपाली सामाजिक कथानक चलचित्र ङ्हेल्स्यो (सैना) प्रथम पटक बेलायतमा प्रदर्शन हुने भएको छ। उक्त चलचित्र आइतवार १२ फेब्रुरी २०२३ को दिन बेलायतको अल्डर्शटस्थित एम्पायर हलमा प्रदर्शन हुने भएको छ। चलचित्र हेर्नका लागि एम्पायर हालको ढोका दिनको ठिक १ बजे खुल्ने भएको छ। चलचित्रको साधारण टिकटको मुल्य £१० रखिएको छ भने VIP टिकटको मुल्य £२० राखिएको जानकारी उक्त चलचित्रका मुख्य निर्माता लेफ्टेनेण्ट (रिटायर्ड) कर्ण गुरुङले दिएका छन ।

चलचित्र सैना, पाईला फिल्मस् प्रा. लि. को ब्यानरमा निर्माण भएको हो। उक्त फिल्मस् बेलायतवासी लेफ्टेनेण्ट (रिटायर्ड) कर्ण प्रसाद गुरुङ र पान कुमारी (प्रेरेणा) गुरुङले निर्माण गरेका हुन् भने अन्य निर्माताहरु देब कुमारी गुरुङ, कुमारी गुरुङ र टोल प्रसाद गुरुङ रहेका छन।

लेफ्टेनेण्ट (रिटायर्ड) कर्ण गुरुङको परिकल्पनामा तयार पारिएको पटकथालाई लोकप्रिय कलाकार तथा निर्देशक उमान सिङ (मोत्से) गुरुङले पटकथा तथा सम्बाद लेखेका छन भने उनै मोत्से गुरुङले चलचित्र सैनालाई निर्देशन गरेका छन। चलचित्रको सह-निर्देशकमा अर्जुन गुरुङ रहेका छन।

चलचित्रमा नायक बिश्वात्मा गुरुङ, नायिकाहरु स्नेह गुरुङ र बन्धना घर्तिमगरले चलचित्र ङ्हेल्स्यो (सैना) मा दमदार अभिनय गरेका छन। अन्य कलाकारहरुमा सुसन गुरुङ, थमान गुरुङ, देब कुमारी गुरुङ, मिलन क्रोम्छे तमु, इन्द्र माया गुरुङ, किरण गुरुङ, कुमारी गुरुङ, टोल प्रसाद गुरुङ र गल गुरुङले अभिनय गरेका छन।

मनोज गुरुङको शब्द, रचना र संगीत रहेको गीतलाई तेजेन्द्र गुरुङले संगीत भरेका छन। गायनतर्फ मनोज गुरुङ, मेलिना राई, मिलन अमात्यले स्वर दिएका छन।

स्मरण रहोस, बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका बुर्तिबाङमा चलचित्र सैना प्रदर्शन भएको थियो। उक्त प्रदर्शनबाट उठेको रकम उक्त नगरपालिका अन्तरगत पर्ने बोबाङ खोलामा अप्रत्याशित रुपमा आएको बाढीले अभिभावक गुमाएका अनाथ बालबालिकाहरुका लागि शैक्षिक सामाग्री तथा आर्थिक सहयोग गरेका थियौं ।

चलचित्र ङ्हेल्स्यो (सैना) का मुख्य निर्माता यूके निवासी लेफ्टेनेण्ट (रिटायर्ड) कर्ण गुरुङ र उहाँको सुपुत्र दिनेश गुरुङबाट व्यक्तिगत रुपमा ढोरपाटन नगरपालिका रहेका जनता आधारभूत विद्यालय सुप्राङ र सरस्वती माध्यमिक विधालय सुपुर्दुङमा अध्ययन गर्ने ६५ जना विद्यार्थी बाबुनानीहरुलाई शैक्षिक सामाग्री, स्कुले पोशाक (पुरै सेटमा) र विद्यालयको कार्यालय प्रयोजनका लागि फर्निचर (दराज) २ थान सहयोग गरेका थियौं ।

चलचित्रका निर्माता लेफ्टेनेण्ट (रिटायर्ड) कर्ण गुरुङ र प्रेरेणा गुरुङले बेलायतका बिभिन्न स्थानहरु चलचित्र प्रदर्शन हुने जानकारी गराउदै उक्त प्रदर्शनहरुबाट उठेको रकम पनि यस्तै परोपकारी कार्यहरुमा खर्च गरिने लक्ष रहेको जानकारी दिएका छन।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!