युक्रेनमा हेलिकप्टर दुर्घटना, १८ जनाको मृत्यु

SHARE:

एजेन्सी १८ जनवरी २०२३ ।

युक्रेनको राजधानी किएभको पूर्वी भागमा एक हेलिकप्टर दुर्घटना हुँदा मन्त्री र बालबालिकासहित १८ जनाको मृत्यु भएको छ ।

बीबीसी नेपालीका अनुसार शिशु(शिक्षालयनजिकै दुर्घटना हुँदा युक्रेनका आन्तरिक मामिलामन्त्रीसहित १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन बालबालिका पनि छन्। थप १५ जनाको अस्पतालमा उपचार भइरहेको छ। मृत्यु हुनेमा जमिनमा रहेका मानिसहरू समेत छन्। हेलिकप्टरमा मन्त्री डेनिस मोनास्तिर्सकीसहित आठ जना सवार थिए ।

युक्रेनी प्रहरी प्रमुखले फेसबुकमा लेख्दै उक्त हेलिकप्टर युक्रेनको आपत्कालीन सेवाको रहेको जनाएका छन्। एक स्थानीय सैन्य अधिकारीका अनुसार उक्त घटनामा २९ जना घाइते भएका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!