यस्तो भयो बेलायतमा फस्ट तामाङ फेस्टिभल लन्डन-२०२६ [२५ तस्बिरहरु]

SHARE:

लन्डन । तामाङ समाज यूकेको आयोजनामा फस्ट तामाङ फेस्टिभल लन्डन-२०२६ भव्य रूपमा सम्पन्न भएको छ ।

शनिबार १ अगस्टमा ग्रीनफोर्डस्थित वुडल्यान्ड राइजको खुला मैदानमा तामाङ समाज यूकेका अध्यक्ष सुरेश वाइबाको अध्यक्षता र लन्डन बरो अफ हाउन्स्लोका पूर्वमेयर विष्णुबहादुर गुरुङको प्रमुख आतिथ्यतामा तामाङ फेस्टिभल सम्पन्न भएको हो । लामा गुरुहरूको पूजापाठपश्चात् प्रमुख अतिथि गुरुङ र समाजका अध्यक्ष तामाङले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्व तथा प्रतिभाहरूलाई सम्मानसमेत गरिएको थियो। साथै झाँक्री, ताम्बाजस्ता परम्परागत सांस्कृतिक प्रस्तुतिका साथै तामाङ संस्कृतिको जीवन्त झल्को देखाइएको थियो। फेस्टिभलमा मंगोलियन हर्टका चर्चित गायक राजु लामा, गायक विश्व दोङ, गायिकाहरु मनमाया वाइबा, जितु लोप्चन लगायतका कलाकारहरूले दर्शकलाई भरपूर मनोरञ्जन दिलाएका थिए ।

महासचिव रोज दोङ लामाले सञ्चालन गरेको कार्यक्रममा समाजका पूर्वअध्यक्ष कुमार लामाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा डेनमार्क, माल्टा, बेल्जियम, स्विडेनलगायत युरोपका विभिन्न देश तथा बेलायतस्थित संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

 

 

 

 

#

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!