वार्षिक भेटघाट सफल भएको स्याङ्जा समाज यूकेको निष्कर्ष, १७ औं नेपाली मेलामा सक्रिय सहभागी हुने निर्णय

SHARE:

लन्डन। स्याङ्जा समाज यूकेले गत २० मा भएको वार्षिक भेटघाट तथा समर बीबीक्यू सफल भएको निष्कर्ष निकालेको छ ।

२ अगस्ट २०२५ मा समाजकी अध्यक्ष रूपा गुरुङको अध्यक्षतामा अल्डरसटस्थित डे लाउन्ज रेस्टुरेन्ट एन्ड बारमा भएको बैठकले उक्त निष्कर्ष निकालिएको हो । बैठकमा समर भेटघाट कार्यक्रमलाई अझ परिमार्जन गर्दै लानुपर्नेमा संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष, पूर्व ट्रस्टी र सल्हाकारहरूले सुझाव दिएका थिए । संस्थाका कोषाध्यक्ष लालबहादुर (एल बी) गुरुङले आयव्यय विवरण प्रस्तुत गरेका थिए । कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण सदस्य, स्वयंसेवक, सहयोगी तथा शुभेच्छुकहरू प्रति हार्दिक आभार व्यक्त गरिएको छ।

बैठकले यही अगस्ट ३० मा केम्पर्टन पार्कमा तमु धीं यूकेले आयोजना गर्ने १७ औं नेपाली मेलामा स्याङ्जा समाज यूकेले सक्रिय सहभागिता जनाउने निर्णय सर्वसम्मत रूपमा गरिएको अध्यक्ष रुपा गुरुङले जनाएकी छन् । त्यस्तै आगामी तिहारको अवसरमा भर्चुअल देउसी–भैलो कार्यक्रम आयोजना गरिने भएको छ ।

आमा अध्यक्ष पार्वती गुरुङले संस्थामा सदस्यहरु उल्लेख्य रुपमा बढेकोमा खुसी व्यक्त गर्दै अझै सदस्य बनिदिन सबैमा अनुरोध गरेकी थिइन् ।

सोही बैठकका अवसरमा नेपालबाट आएको चर्चित कलाकार राजु (धर्मराज) गुरुङलाई फेटा, खादासहित स्वागत गरिएको थियो । संस्थाका कोषाध्यक्ष एलबी गुरुङ जीकेआर कराते वर्ल्ड च्याम्पियन २०२६ का विजेतालाई अध्यक्ष रुपा गुरुङले खादा लगाउँदै बधाई दिएकी थिइन् ।

उपाध्यक्ष भीम गुरुङको स्वागत मन्तव्य राखेको बैठक सञ्चालन महासचिव यमबहादुर गुरुङले गरेका थिए । बैठकमा संस्थापक अध्यक्ष शारदा गुरुङ, निवर्तमान अध्यक्ष भरत गुरुङ, उपाध्यक्ष भीम गुरुङ, भक्त दर्जी, पूर्वट्रस्टी दिपक गुरुङ (डेभिड), निवर्तमान आमा अध्यक्ष हुमकुमारी गुरुङ, थर्क सेन, राज गुरुङ, विजयबहादुर गुरुङ, होम राना, गिर गुरुङ, गंगाबहादुर गुरुङ, जुमप्रसाद गुरुङ, सह–कोषाध्यक्ष अमृत गुरुङ, सञ्जीव गुरुङ, कमला गुरुङ, सिर्जना गुरुङ, गोमा राना, धनकाजी गुरुङ र राजबहादुर गुरुङलगायत पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

बैठकमा अध्यक्ष रुपा गुरुङले आगामी कार्यक्रमहरूलाई अझ व्यवस्थित, प्रभावकारी र सहभागितामूलक बनाउँदै संस्थालाई थप सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । साथै समर भेटघाट कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण सदस्य, स्वयंसेवक, सहयोगी तथा शुभेच्छुकहरूप्रति र बैठकमा उपस्थित सबैलाई हार्दिक आभार व्यक्त गरेकी थिइन् ।

बैठकको अन्त्यमा चर्चित गायक तथा नायक राजु गुरुङले विभिन्न गीत गाएर मनोरन्जन गराएका थिए । राजुसँगै स्याङ्जा समाज यूकेका केही पदाधिकारी तथा सदस्यहरु छमछमी नाचेका थिए । खुसी हुँदै उनीहरुले कलाकार गुरुङ पाउन्डको फूलसमेत लगाइदएका थिए ।

बैठकमा सहभागीलाई डिनरको व्यवस्था समेत गरिएको थियो ।

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!