हितैषी दौंतरी दुत पुन

SHARE:

आइतबार साँझ उहाँको फोन बज्यो। कता हुनुहुन्छ ? मैले भनेँ, ‘वेल्सतिर छु ।’ म driving मा थिएँ, उहाँले मेरो नेभिगेटरको आवाजले होला एकदमै छोट्टाएर ..हामी भेट्न आउन लागेको हो बुधबार भन्नुभयो ! मैले सिधै हुन्छ, स्वागत छ, भनेँ ।

बुधबार बिहान आउनुभयो र हामी गफिन थाल्यौं । हल्का खाजा खाएपछि वरिपरि खुट्टाले डुल्यौं ।
हल्का खानपिन पछि डेकिङ्गमा बसी गफ गर्न पाइयो। उहाँले धेरै विधामा सफलता लिनुभएको छ। उहाँले दुईवटा किताब (दशौं र एघारौं) हस्ताक्षरसहित मलाई दिनुभयो । धेरै खुशी लाग्यो । धेरै वर्षको संगत, आज बिहान उहाँको स्टाटस पढेपछि केही कुरा लेख्नु सान्दर्भिक लाग्यो । सायद कतिपय पाठकहरूलाई खुराक हुन सक्तछ भन्ने लागेर यसो कोशिस गर्दैछु।

दुतको फड्को :
मैले चिन्दा उहाँ मगर संघ यूकेको महासचिव मात्र हुनुहुन्थ्यो । सन् २००८ तिर मलाई एनआरएनए यूकेको निर्वाचन समितिमा बसेर काम गर्ने अवसर जुरेको थियो । अलि समावेशी बनाउने भन्ने क्रममा मगर संघको कोही ल्याउन मिल्छ कि भन्ने प्रस्ताव राखिएको थियो । उहाँको नाम पहिलो नम्बरमा आयो तर उहाँ आउनुभएन । एभरेष्ट टाइम्समा आबद्धता हुनुभयो । तर यो सिभिलको भर हुन्न भनेर हुनुपर्छ !

मिहिनेत, इमानदारीता, समाजसेवा र हरदम सतप्रयासले थप उरालिएको छ दुतको करिश्मा र महिमा।

तमुधिँ यूकेको भवनमा समारोह भब्य थियो । मान्छे खचाखच थिए । तर कताकता कन्फिडेन्ट हराएको दुत थिए । पछाडिबाट हाइभिजमा देखिएका थिए । उहाँको उपस्थिति झन्डै पाहुनाको जस्तो थियो । मैले पछि बुझ्दा “सबै कुरा नयाँ हरि सर …फेरि लाहुरेलाई धेरैले फसाउँछन् । ज्ञान र अनुभव नभएको क्षेत्र, फेरि मच्चाउने अनि थच्काउने गर्ने हुन कि ।”

मैले भनेँ, ‘दुई वर्षको लागि धेरै पीर मान्नुपर्दैन । यो पिरियड क्रुसुअल हुन्छ । धेरै दृश्यले असाध्यै गाह्रो हुन्छ र च्यालेन्जिङ हुन्छ । त्यसपछि सिस्टममा जान सक्दछ । सुरूआतमा शंका गरेर पार लाग्दैन । कन्फिडेन्ट ल्याउनुपर्छ नत्र बजारले पत्याउन गाह्रो हुन्छ ।’

सचेतम प्रयत्न गर्दै गरौं, अरूको अप्रुभल खोजेर समय नष्ट नगरौं भने । फेरि अरूले पत्याउनुभन्दा आफैंले आफैंलाई पत्याउनुपर्दछ भनें । संयोगको कुरा कन्भिन्स हुनुभयो र उहाँ हौसिनुभयो।

दुई वर्ष पछि एमडी- सर्तसहितको :
उहाँले भनेजस्तै गरी पैसा टपअप गर्‍यौं। काम बाँड्यौं । खर्चमा धेरै कटौती गर्‍यौं । यूकेका साथीहरू पनि कस्सिए । नेपालमा पनि सक्षम ,चोखो हृदय भएका साथीहरू खिम घले सर, डण्ड गुरूङ सर, टीकाराम तामाङ सर र अन्य साथीहरूले क्वालिटी बढाउन सहयोग पुर्‍याउनुभयो । उहाँको नेतृत्वले छलाङ मारेको थियो ।

एभरेष्ट टाइम्स केही अनुभव :
उहाँसँग एभरेष्ट टाइम्स साप्ताहिकका लागि काम गर्ने क्रममा घनिष्टता बढेको हो । उहाँले एमडी समालेर नहाँकेको भए पत्रिकाले त्यो उचाई लिने थिएन । म सम्पादकीय टीमको उहाँ व्यवस्थापनको ! म (हामी) पत्रिकाको क्वालिटी र भोलुम महत्त्व दिने । उहाँ चाहिँ यो पनि छाप्ने त्यो पनि छाप्ने भन्ने, कहिलेकाहीं थाहा दिएर, कहिले थाहा नै नदिई subcribers काटिदिने ! पटक-पटक द्वन्द्व हुन्थ्यो । गतिशील हुन सायद द्वन्द्व हुनुपर्छ होला । द्वन्द्व बेटरमेन्टका लागि थियो, productive हुन जरुरी थियो । किनभने हामी सबैले कम्पनी हितको बारेमा सोच्नुपर्थ्यो, गर्नुपर्दथ्यो । सबै सेयर होल्डर थियौँ र सबै भोलिन्टियर थियौँ ।

तनाबलाई ठट्टाले पार लाउने हामी दुबैको खुराक, कला, ईनरजाईजर, धृष्टता जे अर्थ लगाए पनि हुने झन्डै समान खालको स्वभाव थियो र छ ।

किस्सा:
उहाँका अनेक किस्सा छन् …मैले किन लाउजी म्यानेजर, करेप्टेड MD वा नास्टी MD भन्ने गर्थे, किन ?
एउटा रमाइलो किस्सा राख्दा ठीकै हुन्छ होला।
भर्खरै उहाँले MD समाल्नुभएको थियो । पूर्ण गुरुङ सोल्टीको ठूलो जिम्मेवारी थियो । हिसाबकिताब एकदमै क्लिन र साह्रै असल ! एकदिन सोमबार साँझ पत्रिका प्रिन्टमा पठाइयो । दिनभरिको थकान थियो । अनायास मैले सोल्टी दुत सर कस्तो लाग्यो भनी सो धेँ। उहाँले एकदमै सही छ…. तर ……

केही भन्न खोज्नुभएको तर असहजता महशुस भएको (डर, लाज, चित्त दुखाए जस्तो) पारामा मुख फुस्काउनुभयो र रोकिनुभयो। मलाई जसरी पनि कुरा चोर्नु थियो । किनभने misunderstanding लाई early stage kill नगरिएमा adding and multiplying हुन्छ । फेरि उहाँचाहिँ साहै इमानदार र विवादमा पर्न नचाहने ब्यक्तित्व !
मैले सम्झाउने वा अश्वासन दिँदै एक खालको ग्यारेन्टी दिएपछि खुल्नुभयो, तर सर्त राखेर !

दुत सरले भन्नुभए छ..
“हेर्नुहोस् पूर्ण सर तपाईं student मान्छे, यिनीहरूले थोरै पैसा दिएका छन् । जागिर पनि कहिलेसम्म थाहा छैन । म पनि तलबभत्ता लिन मिल्दैन । काम गरेर मात्र हुन्न, बाठो हुनुपर्छ र लिन पनि जान्नुपर्छ…हामी मिल्नुपर्छ । हामी दुई जनालाई बाहेक कसैलाई हिसाबमा चासो छैन र थाहा पनि हुन्न । पाँच सय, पाँच सय लिएर महिनामा बाँडौं ।”.. भनी फकाए छन् ।
पूर्ण सोल्टी चाहिँ अचम्म र अलमल्ल ! साँच्चै प्रस्ताव हो कि मन विचार गरेको होला भनी अलिकति (चित्त दुखाएको र रीस उठेको) अर्थमा भन्नुभयो ।
मैले पूर्ण सोल्टीलाई वचन दिएको थिएँ कि कसैलाई भन्दिनँ भनी । तर अवसरको खोजीमा थिएँ । एकसाँझ दुत सरले पबमा जाने अफर गर्नुभयो, मैले तुरुन्तै हुन्छ भनेँ । एक तानेपछि तपाईंको कुरा चोर्नुछ भन्दै अर्को मगाउनुभयो, आजको नाईट दुत पुनको भन्नुभएको थियो । मैले चोराई दुवैतर्फ हुन सक्तछ भनेँ ! झमझम् थियो अचानक पूर्ण सोल्टीको विषय उठ्यो । मैले युआर लाउजी or करप्टेड एमडी भनेँ !

बाठो मान्छे सायद दुईजना गुरुङहरूका कुरा भएको छनक पाउनुभयो कि क्या हो तुरुन्तै त्यो मान्छे म भन्दा इमानदार छ, टेस्ट गरेको मलाई त लेशन दिनुभयो भन्दै मरीमरी हाँस्नुहुन्छ बा !

मैले उद्देश्य ठीक भए पनि यो हदसम्म झरेर पनि टेस्ट लिने भने…. अनि पूर्ण सोल्टीले अर्को कुनैलाई भन्नुभयो भने तपाईंको कत्रो क्षति हुन सक्दथ्यो ! त्यसपछि अर्को दिन दुबैजनालाई राखेर कुरा फच्चे गराएँ ।

अन्य छन् …. आवश्यक परे कुनै बेला तन्काउला ।

उपलब्धि-सफलता र कृति:
उहाँ पछि मगर संघ यूकेको अध्यक्ष हुनुभयो । धेरै ठाउँमा सफलता हात पार्नुभयो । अध्यक्ष भए प्रतिबद्धताअनुसारको काम फत्ते गर्नुभयो । MBA गर्नुभयो । एघारौं कृति लोसोगोठदेखि बकिङ्घम प्यालेससम्म- जहाँ मैले चिनेको दुत भन्ने शीर्षकमा लेखेको थिएँ । उहाँले धन्यवादसहित दशौं कृति गोलार्द्धलाई चक्कर मार्दा नियात्रा र एघारौं कृति हस्ताक्षरसहितको दिनुभयो ।

डण्ड सर यूके आउँदा माथि लेकतिर घुम्न आउन मान्नुभएन । उहाँले भन्नुभयो, “यूकेमा बसेर बुढाहरूले भकाभक किताब छाप्ने म त तीनवटा किताब लेख्ने क्रममा छु ।” सुमलकुमार गुरूङ (सोल्टी) र दुत सरतिर लक्षित गर्दै भन्नुभएको थियो । यो सकारात्मक दबाब थियो ।

धेरै वर्ष पहिले मगर संघ यूकेले प्रकाशन गर्ने कानुलाङ्घामा मलाई जीवनी लेखिदिन अनुरोध गर्नुभयो । मैले उहाँको कथा सुनेँ र लेखेँ । सुन्दा र पढेपछि म दुई पटक रोएको थिएँ ।
हिजो हेपिएको, दबिएको, अभाव र चरम गरिबीले निस्सासिएको गोठालो दुत भर्ती लागेपछि तङ्ग्रिएको हुनुपर्छ । तर आर्थिकरूपमा मात्रा तङ्ग्रिएर नपुग्दो रहेछ । मानसिकरूपले पनि तङ्ग्रिन जरुरी रहेछ ! एभरेष्ट टाइम्सको कार्यक्रममा समेत उहाँको पुच्छर टाँगामुनि थियो । तर साथीहरू उहाँको लागि सारथि भइदियो रे । बस त्यसपछि… उहाँको शीर ठडिएको हुनुपर्छ ।

मूर्तिकार माइकल एन्जेललाई तपाईं यति राम्रो मूर्ति कसरी बनाउनुहुन्छ भन्ने प्रश्नको जवाफमा मूर्ति त्यहीँ हुन्छ, मैले बनाउनु पर्दैन भनेछन् । प्रश्नकर्ता अलमल्ल हुँदै के भन्नुभएको हो अलि बुझिनँ भन्दा मूर्ति त्यहीँ हुन्छ …मैले त केबल अनावश्यक चट्टानहरू हटाइदिएको हुँ । दुत उनै माइकलका मूर्ति हुन् सबै उनैसँग थियो, एभरेष्ट टाइम्सले ठाकठोक, लेपन लगाएर पोलिस गरिदिएको मात्रा, निखारिएको भन्नुपर्छ ।

अब उहाँको बाह्रौं कृति निस्कने रे !
यो वा त्यो भनी निस्सासिएको दुत अब सबै खालका विषम परिस्थितिलाई जित्दै अघि बढिरहेको छ। दुतको पखेटालाई आकाश सानो भएको भान भएको छ । काठमाडौं स्पामा भाइबुहारीलाई गुमाएको पीडा थियो । झनै १०-१२ वर्षे भाइका छोराछोरीको जिम्मेवारी उहाँलाई आइलाग्याो । अहिले १३-१५ वर्षका भए । अब adaptation मा लागेका छन् उनी ।

अंग्रेजी शब्द रिलिजन अथवा धर्मको कुनै अर्थ छैन जति हामी धर्म वा धरमको कुरा गर्छौं । धरम भनेको कर्तव्य हो र पूरा गर्ने क्रममा हुनुहुन्छ । ती टुहुराहरूका बाआमा बन्दैछन् यी जोडी। भाउज्यू जमुनाको दह्रो साथ नभएको भए दुतचाहिँ कदमा मात्रा होइन, सामाजिक कदमा पनि पुड्के नै हुन्थेहोला । हिजो केही थिएन र छैन भनी झन्डै हरेश खाइसकेका दुतको लागि अहिले धेरै कुरा सम्भावना भएर आयो ।

मिहिनेत, इमानदारीता, समाजसेवा र हरदम सतप्रयासले थप उरालिएको छ दुतको करिश्मा र महिमा।
शुभकामना र बधाई छ।
स्याबास् ! दुत सर।!

(मसँग दिने केही छैन । अरूले दिने भनेको नै यस्तै शब्दको बखान भन्ने होला । तर यति धेरै शब्दहरू र वाक्यहरू व्यक्ति विशेषमा खर्चिनु सानो सम्मान वा कमाई होइन भन्ने लाग्दछ । किनभने जीवनमा झन्डै ९० प्रतिशत मान्छेले एक लाइन पनि पाउँदैनन् । धेरै कुरा छुटेका छन् । तर यसमा सम्भव भएन । यो मेरो निजी भोगाई हो र बुझाईको हाईबिट कलम हो।) सहमत वा असहमत जे भएपनि कमेन्ट् गर्न सक्नुहुन्छ ।

  • काजी लेकाली

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!