‘प्लेन तपाईंले नै टिकट काटी उड्नुहुन्छ भनेर मात्र बनेको होइन’

SHARE:

आज दु:खी छु । तैपनि लेख्दैछु ।

एक जना नेपाली कांग्रेस नेतासँग केही दिनअघि उपनिर्वाचन परिणाम समीक्षा गर्न, नेपाली कांग्रेसलाई सुदृढ पारी २०८४ को आवधिक निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत बनाई कसरी नेपालको समृद्धि ल्याउन सकिन्छ ? नेपाललाई कसरी भरपूर विकास गर्न सकिन्छ ? रोजगारी गर्न खाडी राष्ट्रमा जानको लागि हरेक दिन पासपोर्ट बनाउन लाईन बस्ने हाम्रा नेपाली युवाहरुलाई कसरी नेपालमा नै रोजगारी सिर्जना गरी नेपाल विकासका यी युवा श्रम, सिप प्रयोग गर्न सकिन्छ ? भन्दै टेलिफोनमा कुरा भयो ।

नेपाली कांग्रेसको साख बढाउन मैले विगतमा लेखेको, बोलेको,अन्तर्वार्ता पठाएको छु सुनी दिन बुझिदिन पऱ्यो भनेँ ।

मेरो नेताको उत्तर मलाई यस्तो थियो :

आरके त्रिपाठीजी अब लेख्न, बोल्न छोड्नुस्/ किनकि कोही सुन्ने, बुझ्ने, सुध्रनेवाला छैन । तपाईंको यी लेखहरुले काम गर्दैन । किन यति धेरै समय यी लेख/रचनामा खेर फाल्नुहुन्छ ? बेलायतमा हुनुहुन्छ । मिहिनेत गरी पैसा कमाउनोस् । २-४ करोड जम्मा गर्नोस् । सुपरपावर नेतालाई दिनोस् । नेपाल आएको भोलिपल्ट विदेशी नागरिकता त्याग गर्नोस् । पर्सिपल्ट नेपाली नागरिकता लिनोस् । राजदूत सिफारिस भई नियुक्ति लिनोस् । त्यसको पछि आवाधिक निर्वाचनको बेला समानुपातिक सांसद बन्नोस् भन्नुभयो नेताजीले ।

मलाई यो कुराले छोयो । मन पोल्यो भत्भती । यी कार्य मेरो लागि स्वीकार्य कदापी हुन सक्दैन/ म अनैतिक हुन सक्दिनँ। मैले मेरो नेतालाई गाली त गरिनँ तर नेताजीको सल्लाहको तारिफ पनि गरिनँ ।

मैले के मात्र भनेँ भने, यसरी कांग्रेस संगठन चल्दैन । कांग्रेस हुनु भनेको आमुल जीवन, पद्धती, व्यवहार समाजवादी बनाउनु हो । तपाईंको सल्लाहअनुसार जो हिँड्दछन्, गर्दछन् ती कदापी कांग्रेस हुन सक्दैनन् ।

यो त नेपालमा कम्युनिष्ट भन्नेहरुले गर्ने शैली हो जस्तो लाग्छ मलाई आजकाल । कम्युनिष्टहरुले लिने यो शैलीअनुसार म नेपाली कांग्रेस पार्टीले लिने सैद्धान्तिक र वैचारिक स्खलन सोच्न सक्दिनँ । म त यो जीवन नै समाजवादी क्रान्ति र पद्धती निर्माण गर्न कांग्रेस भएको आरके त्रिपाठी हो ।

मैले मलाई नलेख्नुस्, नबोल्नुस् भनि सल्लाह दिने नेतालाई भने कि यस्तो सल्लाह दिने तपाईं कांग्रेस हुन सक्नुहुन्न । तपाईंले यस्तै हो भने नेपाली कांग्रेस पार्टी सदस्यता त्यागेको राम्रो ।

ब्रिटिस Library मा दश लाख किताब छन् । तपाईंले त्यो Library को किताब लेख, नपढे पनि Library भित्र किताब हुनु पर्दछ । लेख किताब लेख्नेले गर्दा नै Library भरिन्छ ।

तपाईंले पढ्नुहुन्छ भनेर किताब, लेख, रचना, कविता, साहित्य लेखकले लेख्दैन । यो त भावना हो । नदी जस्तो बगिरहन्छ । तपाईंले नसुने पनि, नपढे पनि केही फरक पर्दैन । Plane बन्नु पर्दछ। तपाईंले मैले plane नकिने पनि, टिकट नकिने पनि आकाशमा plane उडिरहे छन् । तपाईं चढ्नुहुन्छ भनेर मात्र plane बनेको होइन ।

तपाईंले किन्न र चढ्नको लागि मात्र कार कम्पनीले कार Motor उत्पादन गरेको होइन । तपाईंले नकिने पनि रोडमा कार गुडिरहेका छन् ।

कसैले पढे पनि, नपढे पनि; सुने पनि, नसुने पनि मेरो लेख, अन्तर्वार्ता रोकिनेवाला छैन । यी लेख रचनाले कहीं न कहीं समाज, देश व्यक्तिलाई राम्रै गरिरहेको हुन्छ । पारदर्शिता र जवाफदेहिताको लागि, कानुनी शासन वा कानुनी राज्य निर्माणको लागि, सबल प्रजातन्त्र र मानव अधिकार सुदृढ गर्नको लागि, सराबरी र बराबरी अवसर नागरिकमा निर्माण गर्नको लागि, जन सशक्तिकरण र जनसहभागिता जुटाउनको लागि, बौद्धिक ज्ञान सिप राज्य निर्माणमा प्रयोग गर्नको लागि, संविधानले दिएको ग्यारेन्टी सबैमा पूर्ण गराउनको लागि मेरो कलम चलिरहनेछ ।

नेपाली कांग्रेस पार्टीले निर्वाचन जित्नु भनेको पार्टी आवाधिक निर्वाचनमा बहुमत ल्याउनुमात्र होइन । बहुमत ल्याएपछि शासनमा जाँदा राम्रो समृद्धि, रुपान्तरण दिन बौद्धिक सोच र ज्ञान चाहिन्छ ।

परम्परागत सोचले केही हुनेवाला छैन । मलाई नेताको नजिक छु भनि घमण्ड गर्नु पनि छैन । म कांग्रेस पार्टी छोडेर अन्यत्र पार्टीमा जान पनि सक्दिनँ । बस लेखिरहने हो । बोली रहने हो ।

नेपाली कांग्रेस पार्टीको साख बढाउन राम्रो कुराको प्रशंसा र नराम्रो कुराको ध्यानाकर्षण गराइरहने हो । यसलाई कसैले मलाई रोक्न सक्दैन । मलाई लोभ भएमात्र मलाई डर हुन्छ ।

म नीतिप्रधान भन्ने कुरामा विश्वास राख्ने मान्छे आरके त्रिपाठी हो । मेरो अगाडि व्यक्तिप्रधान र हावी हुन सक्दैन । यी लेखीरहँदा नेपाली कांग्रेसले पद दिँदैन भन्ने डर भए पो डर, भय त्रासले लेख्न छाड्छन् तर मलाई त माग्नु नै छैन ।

सक्रियता, लगानी, इतिहास, बौद्धिकता, अनुभव आचरण हेरी नियुक्ति दिनु पर्दछ वा नियुक्ति लिनु पर्दछ भनि वकालत गर्ने म जस्तो कार्यकर्तालाई नेताले गरेको गलत परिपाटीको विरोध गर्दा नेताले सिध्याइदिन्छन् भन्ने डर कदापी हुन सक्दैन ।

लेख्न, बोल्न डर त तिनैलाई हुन्छ जो नेताले नियुक्ति गरिदिन्छन् कि भनि ढुकेर बसिरहेछन् । यीस्तरका कार्यकर्ताहरु दाष हुन् । परजीवी हुन् ।

नेपाली कांग्रेस पार्टीले यस्ता नियतका कार्यकर्ताबाट पार्टीलाई माथी लान सक्दैन । हामीले विवेक बोल्ने हो । नेताको अनुहार र इशारा हेरेर बोल्नेहरुको दिन करिब करिब समाप्त हुँदैछ ।

मलाई Discourage गरे पनि अरु लेखक र विद्वानहरुलाई कृपया हतोत्साही नबनाइदिनु होला । शिक्षक, लेखक, पुस्तक, बौद्धिकता आमासरह हुन् ।

त्यही शिक्षक, लेखक, विद्वानले नपढाएको भए तपाईंले क, ख, ग, घ पनि लेख्न, पढ्न सक्नुहुने थिएन । त्यसैले बौद्धिक, लेख, रचना, खोजको सदैव कदर गरौं । नत्र हामी अझै स्खलित हुन्छौं ।

स्नेही
आरके त्रिपाठी, लन्डन
(त्रिपाठीको फेसबुक वालबाट साभार)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!