
लन्डन २४ जुलाई २०२३ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाले जनवादी गायक जीवन शर्मासहित बेलायत भ्रमणमा रहेका कलाकारहरुको सम्मान गरेको छ ।
अल्डरसटस्थित दि लाउन्ज कक्टेलबारमा एक कार्यक्रमबीच एक दर्जन कलाकारहरुलाई सम्मान गरिएको हो । शाखा अध्यक्ष लक्ष्मण रानालगायतले कलाकारहरुलाई मायाको चिनो, प्रमाणपत्र, खादा, मालाले सम्मान गरेका हुन् । सम्मानित कलाकारहरूमा जनवादी गायक जीवन शर्मा, लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रीय उपाध्यक्ष तथा गायिका पूर्णकला बिसी, महासचिव तथा गायक तथा सर्जक शिव हमाल, सचिव तथा गायिका देवी घर्तीमगर, उपत्यका समन्वय समितिका सदस्य तथा गायक राजेश बर्देवा, पर्वत जिल्ला समिति उपाध्यक्ष तथा गायक सुदीप क्षत्री, धादिङ जिल्ला कार्यसमिति महिला उपाध्यक्ष तथा गायिका बिन्दा परियार, गायक श्याम राना, गायिका रिना केसी, गायिका नानु (सीमा) गुरूङ र पूर्णिमा सेन ठकुरीलगायत थिए ।
निमन्त्रणालाई स्वीकार गरी व्यस्तताको बाबजुद सबै कलाकारहरू उपस्थिति भई कार्यक्रम सफल पारिदिएको भन्दै अध्यक्ष रानाले धन्यवाद दिए ।
कार्यक्रममा दोहोरी गीत प्रतिष्ठान यूके शाखाका निवर्तमान अध्यक्ष टंक शेरचन, मनसुधन थापा, गणेश गुरुङ, तुलसी राना, एनआरएनएको नवनिर्वाचित आईसीसी सदस्य भक्त दर्जी, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, बाँसुरी बादक दिनेश गुरुङ, छविमाया पुनलगायत सहभागी थिए ।
सचिव रत्न शाहीले सञ्चालन गरेको कार्यक्रममा कलाकारहरु जीवन शर्मा, पूर्णकलाका बिसी, शिव हमाललगायतले मन्तव्य राखेका थिए ।







