बेलायत । तमु धी एसोसिएसन यूकेद्वारा आयोजित आजीवन सदस्य रात्रिभोज कार्यक्रममा तमु लम परिवार यूकेका तीन जना सदस्य तमु पहिरनमा उत्कृष्ट प्रस्तुतिका लागि पुरस्कारबाट सम्मानित भएका छन्।

सम्मानित हुनेहरूमा तमु लम परिवार यूकेकी छोरी चेली प्रमुख बिनु गुरुङ तथा सदस्यद्वय केभिन गुरुङ र दिक्पल गुरुङ रहेका छन्। उनीहरूलाई मौलिक तमु पहिरनमा उत्कृष्ट प्रस्तुतिका लागि पुरस्कार प्रदान गरिएको हो।
विदेशमा रहेर पनि आफ्नो मौलिक संस्कृति, परम्परा, भाषा तथा भेषभूषाको संरक्षण र प्रवर्द्धनमा तमु समुदायले निरन्तर योगदान दिँदै आएको छ। यस प्रकारका कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो जातीय पहिचान र सांस्कृतिक सम्पदाप्रति आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

तमु लम परिवार यूकेका प्रतिनिधिहरूले प्राप्त गरेको यस सम्मानले संस्थाको गौरव बढाउनुका साथै बेलायतमा तमु संस्कृति र परम्पराको संरक्षणमा थप प्रेरणा प्रदान गरेको छ।
सम्मानित बिनु गुरुङ, केभिन गुरुङ र दिक्पल गुरुङलाई हार्दिक बधाई तथा शुभकामना!






