नेपाली फिल्म ‘जुलेबी’को टिजर सार्वजनिक

SHARE:

काठमाडौं जुलाई २५ २०२३ ।

भदौ १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जुलेबी’को टिजर सार्वजनिक भएको छ ।

टिजरले पात्रबीचको अव्यक्त मानसिक र शारीरिक चाहना र संवेगलाई चित्रण गरेको छ । अलग कथा र घटनाको क्रमलाई जोडेर बनाइने फिल्मको शैली एन्थोलोजी जनरामा बनाइएको यो फिल्ममा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की र तुफान थापाको शीर्ष भूमिका छ ।

टिजरमा तीन कथालाई बुनिएको छ । पहिलो भागमा ‘इच्छाका छायाहरु’, दोस्रोमा ‘वर्णन गर्न नसकिने जोश’ र तेस्रोमा ‘प्रेमको अमूर्तता’ खण्ड छन् । यी तीन कथावस्तुलाई बुनेर समग्र फिल्मको रुप दिइएको छ । गणेशदेव पाण्डेले निर्देशन गरेको फिल्मलाई आभा शर्माले निर्माण गरेकी हुन् । विवेक खड्काको छायांकन र अञ्जय खड्काको सम्पादन रहेको फिल्मलाई विदेशमा समेत प्रदर्शनको तयारी छ ।

नेपालमा भने यो फिल्मलाई डीसीएन र रिच इन्टरटेन्टमेन्टले वितरण गर्नेछन् । डिजिटल राइट्स डीएआर मुभिजले खरिद गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!