काठमाडौं २६ जुलाई २०२३ ।

लोकगायक प्रकाश सपुतको नयाँ गीत ‘दमाई महाराज युटयुव ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ ।
शुक्रबार उनले आफ्नै युट्युब च्यानलमार्फत ुदमाई महाराजु बोलको गीत सार्वजनिक गरेका थिए । सार्वजनिक भएको चार दिनमै उनको गीतले युटयुवमा लिड गरिरहेको छ । गीत दमाई महाराजले चार दिनमा ४२ लाअ भ्युज पाएको छ । प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतमा सुदिप सागरले संगीत संयोजन गरेका छन् ।
गम्भिर विष्टले कोरियोग्राफी गरेको गीतमा प्रकाश सपूत, अन्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी, सुनिल विक, पुष्पा अवस्थी, विजय थापा, लोकनाथ वाग्ले, विशाल घिमिरे, डिपलभ विक, प्रखर सपूतलगायत कलाकारको अभिनय छ । मनकृष्ण महर्जन र दिनेश पराजुलीले छायांकन गरेको गीतलाई प्रविण भट्टले सम्पादन गरेका छन् । म्युजिक भिडिओमा प्रकाश सपुतकै लगानी, निर्देशन र कथा रहेको छ ।
यसवर्ष सपुतले गीतसंगीतको माध्यमबाट जातीय विभेदविरूद्ध काम गर्ने बताएका थिए । गीतमार्फत उनले छुवाछुत तथा भेदभावविरूद्ध आवाज उठाएका छन् ।






