नेपालका चर्चित भलगकर्मी सपना रोकामगर हाईक फर नेपालका लागि बेलायत आइपुगिन

SHARE:

लन्डन २७ जुलाई २०२३ ।

बेलायतको वेल्समा शुक्रबारदेखि तीनदिने हाइक फर नेपाल कार्यक्रम हुँदैछ ।

नेपालका चर्चित भलगकर्मी सपना रोकामगर हाईक फर नेपालका लागि बेलायत आइपुगेकी छिन।

पोखरेली मञ्च यूके र वी विल राईज फाउन्डेसनको आयोजनामा पाँचौं हाइक फर नेपाल कार्यक्रम हुन लागेको हो । कार्यक्रमको अतिथिका लागि भिजिनरी इन्टरनेसनल प्रालिका सीईओ, मास्टर कनसियोस कोच इन्द्र गुरुङ, साइकोलोजी काउन्सलर, मास्टर हिलर राजी र श्रेष्ठ गुरुङ पनि आइसकेका छन् ।

गुरुङ दम्पती १९ जुलाई र भ्लगर रोका बुधबार लन्डन आइपुगेकी हुन् । रोकालाई पीपल मोर्गेजका डाईरेक्टर एवं समाजसेवी सूर्य गुरूङ र पोखरेली मञ्च यूकेका अध्यक्ष करन गुरुङले हिथ्रो एयरपोर्टमा खादा, बुकीसहित स्वागत गरे ।

नेपाली दूतावास लन्डन, एनआरएनए युकेको सहयोगमा हुने कार्यक्रममा गोर्खा मिडिया डटकम अनलाइन मिडिया रहेको छ । जसु गुरुङ, जीवन गुरुङको संयोजनमा हुन लागेको कार्यक्रममा प्रवेशका लागि ३० पाउन्ड शुल्क तोकिएको छ । तर १२ वर्ष मुनिका बालबालिकालाई भने नि:शुल्क व्यवस्था गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!