लन्डन । नेपालमा २६ अगस्ट २०२६ मा भोटेकोशी नदी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि तमु समाज यूकेले आपतकालीन सहयोग अपिल गरेको छ।
विनाशकारी बाढीका कारण परिवारहरूले आफ्ना आफन्त, घर तथा जीविकोपार्जनका साधन गुमाएकाले प्रभावित धेरै समुदायलाई तत्काल राहत र सहयोगको आवश्यकता रहेको सहयोग गर्न भन्दै समाजले अपिल गरेको हो । यस कठिन मानवीय संकटमा प्रभावित परिवारलाई साथ दिन तमु समाज यूकेले आफ्ना सदस्य, शुभेच्छुक, साथीभाइ तथा बेलायतस्थित व्यापक नेपाली समुदायलाई सक्दो सहयोग गर्न आग्रह गरेको छ। समाजले सानो–ठूलो जुनसुकै सहयोगले पनि विपद्मा परेका परिवारलाई राहत तथा पुनर्स्थापनामा महत्वपूर्ण योगदान पुग्ने जनाएको छ।
समाजले सहयोग गर्न इच्छुक सबैलाई उदारतापूर्वक आर्थिक सहयोग गर्न तथा सहयोगसम्बन्धी अपिल परिवार, साथीभाइ र समुदायमा समेत साझा गर्न आग्रह गरेको छ।
सहयोगका लागि समाजले Barclays Bank को खाता उपलब्ध गराएको छ। बैंक विवरणअनुसार Account Name: Tamu Samaj UK, Sort Code: 20-37-16, Account No.: 93052087 रहेको छ भने Reference: Nepal Floods राख्न अनुरोध गरिएको छ।






