बेलायतमा गायिका रिना केसीको भावुक बिदाइ, थामिएन आँसु

SHARE:


लन्डन २८ जुलाई २०२३ । बागलुङ समाज यूकेले गायिका रिना केसी र गायक राजेश बर्देवालाई बिदाइ गरेको छ ।

अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा बिहीबार एक कार्यक्रमबीच कलाकारद्वयलाई समाजका पूर्व र वर्तमान पदाधिकारी तथा सदस्यहरुलई बिदाइ गरेका हुन् । कलाकारहरुलाई अध्यक्ष धन बुढाथोकी, निवर्तमान अध्यक्ष छविमाया पुन, वरिष्ठ उपाध्यक्ष खड्का थापा, उपाध्यक्ष रुद्र छन्त्याल, कोषाध्यक्ष हिरा पुन, सांस्कृतिक सचिव कृष्ण रोकालगायतले खादा र मायाको चिनो प्रदान गरेका थिए । बिदाइका क्षणमा गायका रिना केसी रोएकी थिइन् । ‘कहाँ कयो भँगेरी चरी…’ बोलको गीतबाट चर्चामा आएकी गायिका केसी पछिल्लो समय जापान बस्दै आएकी छन् ।

कलाकार बिदाइ कार्यक्रममा सल्लाहकारहरु लाल रोका, नमती पुन, राम थापा र शुभेच्छिक शुभचिन्तकहरुको पनि उपस्थिति थियो । कार्यक्रम वरिष्ठ उपाध्यक्ष खड्का थापाले सञ्चालन गरेका थिए । कलाकारद्वयले आफूहरुलाई निमन्त्रणा गरेर अवसर प्रदान गरेकोमा आयोजक बागलुङ समाजलाई धन्यवाद दिएका थिए । अध्यक्ष बुढाथोकीले कलाकारहरुलाई धन्यवाद, आभार र शुभकामना दिएका थिए ।

रिना केसी शुक्रबार नै जापान जाँदैछिन् भने राजेश बर्देवा केही दिन यूकेमै रहनेछन् । रिनासहितका कलाकार ८ जुलाई २०२३ शनिबार फानबोरोस्थित सामुयल कोडी होम स्कुलमा आयोजित बागलुङ समाजको वार्षिक भेटघाटका लागि बेलायत आएकी हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!