चलचित्र ‘अदृश्य’ आउँदो शुक्रबार प्रदर्शनमा आउने

SHARE:

काठमाडौं जुलाई ३१ २०२३ ।

आउँदो शुक्रबार साउन १९ गतेदेखि ‘सस्पेन्स थ्रिलर’ कथामा आधारित चलचित्र ‘अदृश्य’ प्रदर्शनमा आउने भएको छ । चलचित्र ‘अदृश्य’ निर्माण समूहद्वारा आज आयोजित पत्रकार भेटघाटमा निर्देशक प्रहाल्द काफ्ले, अभिनेता प्रमोद अग्रहरी, रवी गिरी, रिस्ता बस्नेत, प्रविण खतिवडा र प्रिन्स प्रसिड सिंहले चलचित्रको विषयमा जानकारी गराए ।

अभिनेता अग्रहरीले चलचित्रको छायांकन कोरोना महामारीकै समयमा गरिएको जानकारी दिए । उनले भने, ‘हामी कहाँ सस्पेन्स र थ्रिलर कथामा कमै चलचित्र बन्ने गरेका छन् । एकै किसिमको भन्दा फरक प्रस्तुतीकरण दर्शकले पाउनेछन्। मैले पनि चलचित्रको विधाअनुसार आफ्नो स्वरूप तयार गरेको छु ।’

यसै चलचित्रमार्फत निर्देशन यात्राको प्रारम्भ गर्नुभएका निर्देशक काफ्लेले सामाजिक विषयवस्तुमा थ्रिलर प्रस्तुती दिएको बताए। ‘हामीले राम्रो चलचित्र बनाउन सक्दो कोसिस गरेका छौँ । हामीले छायांकनको समयमा ‘ए’ नाम राखेका थियौँ, पछि ‘अदृश्य’ बनाएका हौँ’, उनले भने ।

चलचित्रमा छुल्ठिम गुरुङ, सिएम भारद्वाज सुवेदी, विकेश प्रजापती, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतीक भुजेल लगायतले समेत अभिनय गरेका छन् ।

यसमा राकेश रनपालले कथा लेखन, आकाश उखेडाले पटकथा तथा संवाद लेखन, उत्तम हुमागाईं र मोहनकुमार झिल्लुले छायांकन, विशाल पौडेलले संगीत सिर्जना, शिशिर खातीले नृत्य निर्देशन, मुकेश शाहले पाश्र्व संगीत सिर्जना, निशान घिमिरेले रङ्ग संयोजन गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!