‘दलाल र सार्वजनिक गिटी बालुवा बेची पैसाको रवाफ दिनेलाई राजदूत नबनाऊ’

SHARE:


महाभारतमा लेखिएकै छ– मासुको टुक्रामा कुकुरहरु लडिरहेछन् । भगवान रामबाट हामीले सिक्ने कुरा धेरै छन् । तीमध्ये सबभन्दा महत्वपूर्ण हो- देशको नेता कसरी बन्ने ? नागरीकको कुरा सुन्ने, आलोचना सुन्ने र देशको हितमा काम गर्ने ?

नेता वा समर्थकको रूपमा कुरा गर्दा हामीले सबभन्दा पहिला हाम्रो भूमिका के हो भन्ने चिन्नुपर्छ । धेरैजसो मानिस नेता हुनु मालिक हुनु हो भन्ने ठान्छन् । म आदेश दिन्छु, तिमीहरू मान्नुपर्छ भन्ने खालको व्यवहार गर्छन् । म सबैथोक जान्दछु, अरुले पछ्याउने हो । मैले रणनीति बनाउँछु, अरुले अवलम्बन गर्ने हो । यस्तो खालको मोडलमा धेरैजसो मानिसहरूले ‘बोस’को आदेश मान्ने काममात्र गर्छन् । ती त केवल ‘फलोवर’,आदेशका परिपालक मात्र भए ।

रामलाई थाहा छ, यी हनुमान हुन् । हनुमान एक बाँदर हुन् । उनी बुद्धिमान छन् । रामले सुग्रीवलाई पनि देखेका थिए । सुग्रीव हनुमानभन्दा फरक छन् । लक्ष्मण पनि अरुभन्दा फरक छन् । सबैसँग फरक व्यवहार गर्नुपर्छ र मैले मेरो निम्ति केही गरिदिन भन्नुभन्दा पहिला दिनुपर्छ । पहिला स्वाहा, अनि तथास्तु ।

राजा दशरथले भने– म राजा हुँ र तिमी राजकुमार । भावी राजा तिमी नै हौ । यदि तिमीले नियम, निष्ठा र इमान्दारी कायम राखेनौं भने राज्य नै विघटन हुन्छ । त्यसैले वनवासको निर्णय लिँदा रामले अयोध्यालाई केन्द्रमा राखेका थिए ।

अब महाभारततिर हेरौं । महाभारतमा दुर्योधन, पाण्डव, कौरवको कथा पढ्दा थाहा हुन्छ/उनीहरुले कहिल्यै पनि हस्तिनपुरको कुरा गर्दैनन् । उनीहरु आफ्नो जाय जेथाको कुरा गर्छन् । मेरो र तेरोको कुरा गर्छन् । त्यसैले महाभारतको झगडा सम्पत्ति माथिको पारिवारिक कलह हो ।

महाभारतमा लेखिएकै छ–मासुको टुक्रामा कुकुरहरु लडिरहेछन् । अहिलेको राजनीति पनि त्यस्तै छ । यो लुछाचुँडी विकासोन्मुख देशमा मात्र छैन । संसारैभरी यस्तो झगडा छ । मेरो हिस्सा के हो भन्ने बारे नै ठूलो लडाइँ छ ।

चुनावको बेलामा के हुन्छ हेरौं न ? निर्वाचनको बेलामा केही शक्तिशाली मानिस हुन्छन् र अरु कम शक्तिशाली मानिस हुन्छन् । शक्तिशाली मानिसलाई कम शक्तिशालीको साथ चाहिएको हुन्छ । कम शक्तिशाली मानिसहरुकै केहीले जस्तै भूमिका देखाउन थाल्छन् । जसरी पटरानीहरुले राजासँग यस्तो चाहियो, उस्तो चाहियो भनेर रोइकराई गर्छन् । ठ्याक्कै त्यस्तै हुन्छ राजनीतिमा पनि ।

उनीहरुले माग गर्न थाल्छन् । अनि शक्तिशालीहरु गएर ‘यस्तो दिन्छु, उस्तो दिन्छु’ भनेर वाचा गर्न थाल्छन् । यसरी गठबन्धन निर्माण हुन्छ । यस्तो बेलामा राज्यको चिन्ता कसैले गरेको हुँदैन । राज्यभन्दा राजा ठूलो हुन्छ । यो नै अधर्म हो ।

जब राज्यका लागि राजा हुन्छ त्यो धर्म हुन्छ । नभए अधर्म हुन्छ।जब राज्यका लागि नेता र नेतृत्व हुन्छ, त्यो धर्म हुन्छ । नभए अधर्म हुन्छ । महाभारत र रामायणमा यही सामान्य धारणाको व्याख्या गरिएको छ ।

प्रायःजसो नेताहरुलाई किन राजनीतिमा लागेको छु भन्ने थाहा हुँदैन । उनीहरु शक्ति प्राप्त गर्नका लागि मात्र नेता बन्न चाहन्छन् । उनीहरु समुदायमा शक्ति वितरण गर्न चुक्छन् । जबकि राजाको कर्तव्य नै त्यही हो । शक्तिमा रहनका लागि कोही राजा हुने होइन । अरुलाई शक्तिशाली बनाउनका लागि ऊ राजा बन्ने हो । जस्तै ‘रामायण’ नै हेरौं । रामायण असल राजा कस्तो हुनुपर्छ भन्ने उदाहरण हो । रामायण भर रामले अयोध्याको मात्र चर्चा गर्छन् । उनले व्यक्तिगत गौरवका लागि भन्दा पनि अयोध्याका जनताको फाईदाका लागि निर्णय लिन्छन् ।

रामायणमा जब राम वनवासमा जान्छन् मानिसहरु सोध्छन्–उनी किन वनवास जाँदैछन् ? अरुले जवाफ दिन्छन्–किनकि उनी असल पुत्र हुन् । तर त्यो असल होइन । राम असल पुत्र भएकाले वनवास गएका होइनन् । उनी वनवास गएका हुन् किनकि उनी राजकुलका सदस्य हुन् । उनका बुवाले भन्छन्– यदि राजकुलका मानिसहरुले आफ्नो वचन पालन गरेनन् भने कुलको निष्ठामाथि प्रश्न उठ्छ । र,समाजमा सबैथोक ध्वस्त हुन्छ ।

त्यसैले बुवाले भनेकाले राम वनवास गएका होइनन् । उनी किन गएका हुन् भने, राजा दशरथले भने– म राजा हुँ र तिमी राजकुमार । भावी राजा तिमी नै हौ । यदि तिमीले नियम, निष्ठा र इमान्दारी कायम राखेनौं भने राज्य नै विघटन हुन्छ । त्यसैले वनवासको निर्णय लिँदा रामले अयोध्यालाई केन्द्रमा राखेका थिए ।

पूर्वीय परम्परामा उत्तरदेखि दक्षिणसम्म र पूर्वदेखि पश्चिमसम्म जतासुकैका राजकुलमा रामायण र महाभारत पटकपटक पढाइन्थ्यो । राजालाई तिमीहरु राज्यका लागि हौ भन्ने बुझाउन सकिन्थ्यो । रामलाई धेरैले बुझेका छैनन् । जसले रामलाई राजनीतिक प्रतीकको रुपमा लिएका छन्,उनीहरुले पनि रामलाई बुझेका छैनन् ।

राम एक वियोगी पात्र हुन्।रामायण पढ्दा थाहा हुन्छ,राम कहिले पनि सामान्य व्यक्ति हुन पाएनन् । उनी सधैँभरी राजाकै रुपमा व्यवहार गर्न बाध्य भए। त्यसैले रामायण राजाको कथा हो।यो कुनै छोरा वा पति वा पिताको होइन । रामका हरेक कर्महरु उनी राजा भएकै आधारमा निर्धारण भएका छन् । यो पूर्ण जिम्मेवारीको उदाहरण हो।यो कथा उच्च विन्दुमा पुग्दासम्म उनको परिवार नै संकटमा पर्छ ।

तर रामले जे गर्छन्,राज्यकै लागि गर्छन् । भगवान राम बाट हामीले सिक्ने कुरा धेरै छन् । तीमध्ये सबभन्दा महत्वपूर्ण हो- देशको नेता कसरी बन्ने ? नागरिकको कुरा सुन्ने,आलोचना सुन्ने र देशको हितमा काम गर्ने ?

नेता वा समर्थकको रूपमा कुरा गर्दा हामीले सबभन्दा पहिला हाम्रो भूमिका के हो भन्ने चिन्नुपर्छ।धेरैजसो मानिस नेता हुनु मालिक हुनु हो भन्ने ठान्छन् । म आदेश दिन्छु,तिमीहरू मान्नुपर्छ भन्ने खालको व्यवहार गर्छन्।म सबैथोक जान्दछु,अरुले पछ्याउने होमैले रणनीति बनाउँछु,अरुले अवलम्बन गर्ने हो ।

यस्तो खालको मोडलमा धेरैजसो मानिसहरूले बोसको आदेश मान्ने काम मात्र गर्छन्।ती त केवल फलोवर,आदेशका परिपालक मात्र भए । रामलाई थाहा छ, यी हनुमान हुन् । हनुमान एक बाँदर हुन्।उनी बुद्धिमान छन्।रामले सुग्रीवलाई पनि देखेका थिए।सुग्रीव हनुमान भन्दा फरक छन् । लक्ष्मण पनि अरुभन्दा फरक छन्। सबैसँग फरक व्यवहार गर्नुपर्छ।मैले मेरो निम्ति केही गरिदिन भन्नुभन्दा पहिला दिनुपर्छ। पहिला स्वाहा,अनि तथास्तु। यो नै हिन्दू पद्दति हो।

यो बोस बन्ने प्रक्रिया होइन।यसमा त भनिन्छ- म तिम्रो लागि के गर्न सक्छु ?हामी सबैलाई केही न केही त चाहिएकै हुन्छ।

हनुमानले के चाहन्छन् भन्नेमा रामले ध्यान दिए। हनुमान बाँदर समुदायमा बाँचिरहेका थिए। उनले बाँदरभन्दा माथि उठेको कोही पनि देखेका थिएनन्।लक्ष्मणले सोचे- राम त मेरा दाई हुन्,म उनीप्रति बफादार हुनुपर्छ।तर, रामले बफादारी खोजेका थिएनन्।

देवतालाई नै चिन्नु हुन्न भने के दिनुहुन्छ ? सहकर्मीहरू देवता हुन्।यो नै हिन्दू पद्दति हो। भगवान रामबाट सिक्नुपर्ने हो।रामायणमा जहिल्यै धर्म खोजे। उनले भने- म बफादारी खोज्दिनँ।तिमी त्यही गर,जे धर्म हो।

आज देशको स्थिति यस्तो हुनुमा मेरो पनि हात छ,भनेर प्रत्येक व्यक्तिले विचार गर्ने हो भने देश बन्न धेरै बेर लाग्दैन।देश असफल हुँदै हुँदैन। व्यक्ति व्यक्ति सफल हुँदै गए भने देश त्यसै सफल भइहाल्यो नि।व्यक्ति,व्यक्ति असफल हुँदै गए भने,नागरिक असफल हुँदै गए भने राष्ट्र कसरी सफल हुन्छ?

नागरिक सफल भए भने राष्ट्र सफल भयो ।हामी आफू आफैंमा सुध्रिन सक्यौं भने यो राष्ट्र सुध्रिन्छ । विकसित हुन्छ र यो राष्ट्र सफल हुन्छ।

एकअर्काले दोष दिएर बस्ने हो भने यो मुलुक सुध्रिन कठिनाइ छ । मुलुकलाई समृद्ध बनाउन सकिँदैन । किनभने असफलताको कारण हामीले अरुलाई दिइरहेका छौं।असफलता आफ्ना साह्रा कारण अरुमा देख्दा कमजोरी आफ्ना बुझ्ने अवसर सबै गुमाउनु पर्ने हुन्छ।

अर्काको गल्ती गन्न आफ्नो समय लगाउँदा सम्बद्ध मात्र हैन,सम्मान पनि गुमाउनु पर्ने हुन्छ अरुले कतिवटा गल्ती ग-यो,यही गनेर बसेका छौं,हाम्रो त कामै अरुको गल्ती गन्ने भएको छ । हामी त अरुको गल्ती हेर्न बसेका छौं। जहाँसुकै जानोस्,खाली अरुको आलोचना मात्रै सुन्नुपर्छ।

यो देशका सञ्चालकहरु,नेताहरुकोमा जानुभयो, ठूलाबडाकोमा जानुभयो भने पनि एक–अर्काको आलोचना गरेर बसेका हुन्छन् । उसले गर्दा बिगा-यो, यसले गर्दा बिगा-यो, देशी हस्तक्षेप भयो अनि असफल भए,विदेशी हस्तक्षेप भयो अनि असफल भएँ।

हामी खाली अरुलाई दोष दिएर बसेका छौं । नागरिकहरुकोमा गइयो भने यो नेताले गर्दा दुःख पाइयो,देश बिग्रियो,यो फलानोले गर्दाखेरि,यो नेताले गर्दा देश बर्बाद भयो।

नेता कसले बनाएको? आफू नेता बनाउने,अनि आफैं गाली गरेर बस्ने ? हाम्रो नेता कस्तो हुन्छ ? हामी जस्तो छौं,त्यस्तै हुन्छ।हामीले बनाएको न हो नेता,आफैं उम्रिएको हैन,बनाउने बेलामा आफैं बनाउने,अनि आफैं गाली गरेर बस्ने? आफ्ना कमजोरी हेरौं न।

हामीले छान्ने बेलामा पो त्रुटि गर्‍यौं कि? हेरौं न आफूमा । सुधार्न सजिलो हुन्छ।तर यसले मात्रै गल्ती गर्‍यो भन्ने हो भने सुध्रिन सकिँदैन। सुधार्न सकिँदैन।

अन्तत स्पष्ट साथ,भन्दछु यो देशमा भद्रगोल, गञ्जागोल,भ्रष्टाचार,लफडा तपाईं हनुमान रुपी कार्यकर्ताको कारणले भईरहेको छ।

तपाईं कार्यकर्ता नै हनुमानी गर्नु हुन्छ । हस नेता जी,सलाम नेताजी,राम्रो गर्नु भयो नेता जी, तपाई त यो शताब्दिको महान सफल मान्छे नेताजी भन्नु हुन्छ। हनुमानी, भजन गाउनुहुन्छ ।

विवेक बन्दकीमा राख्नु हुन्छ । आँखामा पर्टी बाँध्नु हुन्छ । नेताले भन भने पछि कालोलाई सेतो भन्नु हुन्छ । म आर के त्रिपाठीले लेखेको २-४ हरफ सहि लेखलाई गलत र हनुमानी लेख भन्दै उडाउनुहुन्छ । लेख, रचना, साहित्य, पुस्तक, कलम, गहिरो सोच, विचारलाई रद्धिको टोकरीमा फालीदिनु हुन्छ । प्रोफेसर डाक्टर, विदेश नीति विज्ञलाई राजदूत बनाउनुको साटो हनुमानी गर्दै म्यानपावर एजेन्ट दलालीलाई राजदूत बनाउन लबि गर्नु हुन्छ ?

म्यानपावर दलाली, सार्वजनिक गिटीबालुवा चोरी निकाशी पैठारी गर्ने बेचुवालाई भन्दा यो आरके त्रिपाठीलाई नै नेपाल बोलाएर उपयुक्त ठाउँमा उपयुक्त जिम्मेवारी दिउँ भन्न सक्नु हुन्न भने तपाईं हनुमानै हो । तपाईं सुग्रिब होइन। मेरो यी माथीका लेखहरुलाई गहिरो मनन गर्नु होला ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!