लण्डन ११ अगस्ट २०२३ ।

चर्चित लोक तथा दोहोरी गाएक प्रकाश सपुतको पहिलो पटक युकेमा विशेष सांगीतिक साँझ हुने भएको छ ।
पछिल्लो समयमा युवा पुस्ता देखि वृद्ध-वृद्धासम्मको मनमुटुमा बस्न सफल प्रकाश सपुतको भिसा ग्यारेण्टेड भएपछि बेलायतको सांगीतिक भ्रमण पक्का भएको हो ।
नेपालीहरू रहेको प्राय देशहरुमा सांगीतिक भ्रमण गरिसकेका प्रकाश सपुतको बेलायतमा पनि अत्याधिक शुभचिन्तकहरू रहेको र उनिहरूको स्टेज सो मा झुम्ने रहर अब भने छिट्टै मेटिने भएको हो ।
प्रकाश सपुत विशेष सांगीतिक साँझ भेन्यु एम्पायर हल अल्डरसटमा हुने भएकोले समय व्यवस्थापन गरेर आउनु हुनेछ भन्ने अपेक्षा राखेका छौं । आयोजकले भनेको छ ।






