आजकाल यी महत्वपूर्ण विषयमा सबै किन मौन छन् ? [अडियोसहित]

SHARE:

  • मेरो प्रश्न यो छ कि कता हरायो वा सेलायो चुचे नक्शा र भूमि फिर्ता ल्याउने बार्ता कूटनीति ?
  • किन आउँदछ बेलाबखत मात्र चुचे नक्शाको कुरा ?
  • किन सरकार, सांसद र संसद् मौन छन् आजकाल चुचे नक्शाको भुमी फिर्ता ल्याउनु पर्ने बार्ता कूटनीति पहलमा ?
  • कता छौ हामी सरकार, राजनैतिक पार्टी, नागरिक समाज, जनता एवं बुद्धिजीवीहरु यो विषयमा?
  • गुमेको भूमि फिर्ता गर्न के हाम्रो भारत संगको वार्ता कूटनीति र प्रयास सरकारले अघि बढाउँदा सरकार गिर्ने नै हो त ?

कस्तो छ त हाम्रो राष्ट्रियताको सवाल ?

नेपालमा एउटा इस्यु (मुद्दा) आउने, त्यस बारेमा सर्वत्र चर्चा हुने, सडक र सदन तात्ने अनि त्यो इस्युको गाम्भीर्यता, अनुसन्धान, कानुनी कारबाही नभई नहुँदै फेरप नयाँ इस्यु आउने र पुरानो इस्यु हराउने, सेलाउने वा छोपिने रोग छ ।

सांसद,संसद्, राजनैतिक पार्टी, नागरिक समाज, जनता पनि पुराना इस्यु बिर्सेर नयाँ आउनेबित्तिकै त्यतै ठूला बहकिन थाल्दछन् ।

नेपालमा इस्युहरु कि त सरकार कमजोर वा ढल्न लागेको बेला वा सरकार सर्वत्र अलोकप्रिय भई आवाज उठेको बेला जनताको ध्यान अन्यत्र मोड्न यी दुई बेलामा आउने गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीमा संकट आयो वा सरकार ढल्ने अवस्था आयो/तत्कालीन सरकार सर्वत्र असफल भयो, त्यो बेला चुचे नक्शाले निकै ठूलो स्थान पायो । नेपाली जनता र नेपाल कम्युनिष्ट पार्टीले चुचे नक्शा छापिएपछि ठूलो उपलब्धि प्राप्त भयो भन्दै ठूलै बाजागाजा गरे तर परिस्थिति त्यो थिएन । हामीलाई चुचे नक्शाको साथमा गुमेको भूमि चाहिएको छ न कि चुचे नक्शामात्र ?

सबै राजनैतिक पार्टीको सहमतिमा संसद्‍बाट चुचे नक्शा पारित गराउँदै नेपालको चुचे नक्शा छापियो तर भूमि फिर्ता ल्याउन त्यसपछि सरकारले भारतसँग वार्ता कूटनीति तीव्र पार्नु पर्दथ्यो त्यो खाशै देखिएन ।

नेपाल सरकार यो वार्ता कूटनीतिमा असफल जस्तै भएको छ । भूमि ल्याउन खाशै प्रयास नगरिएको चुचे नक्शा र वार्ता कूटनीतिबारे म आर के त्रिपाठीले विगतमा विभिन्न लेखहरुलाई अडियो संग्रहबाट प्रस्तुत गरेको थिएँ । त्यो यहाँहरु माझ पुन पेश गरेको छु ।

अडियोका लागि यो लिंक क्लिक गर्नुहोला ।

https://www.youtube.com/embed/5Zu7f3WMU0A?si=4Do1ty6U0ZI9B4Ph

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!