अब त अति भयो, लेख्न र बोल्न छाडिन्न ।

SHARE:

अब त अति भयो, लेख्न र बोल्न छाडिन्न।
आर के त्रिपाठी – लण्डन

घटना–१ :
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट बिगतमा नेपाल भ्रमण हुने तय भयो।भ्रमण गर्नु भन्दा करिव ६ महिना पहिले नै परराष्ट्र मन्त्रालयले उनको भ्रमण तय भएको परराष्ट्र मार्फत जानकारी गराइएको थियो।तर,नेकपाका निर्माण मन्त्रीले मोदी नेपाल आउनु दुई दिन अघि मात्र कोटेश्वर,तीनकुने–वानेश्वर सडकका दुवैतिर रुख बिरुवा रोप्न आफ्नो पार्टीगत रुपमा नजिकको ठेकदारलाई ठाडो आदेशमा करिव २ करोड बराबरको विरुवा रोप्ने र सडक सिँगार्ने काम दिए।भारतका प्रधानमन्त्री नरेन्द्र मोदी फर्किएको केही दिनपछि ती बिरुवा पानी नपाएर मरे ।

घटना–२ :
त्यसको केही समय पछि चीनका राष्ट्रपती सी जिन पिङको भ्रमण तय भयो।करिव ४ महिना अगाडि भ्रमण कार्यक्रम तय भए पनि परराष्ट्र मन्त्रालय मार्फत गोप्य राखियो।त्यस बेलाको सरकारले पनि करिव ३ करोड रुपैयाँ बराबरको उसै गरी तीनकुनेस्थित पार्क र बानेश्वर,बिजुली बजार लगायत उहाँ आउजाउ गर्ने सडक दायाँ बायाँ रुख बिरुवा लगाइयो,सडक सिँगारियो। त्यसमा पनि मन्त्रीकै ठाडो आदेशमा नजिकका ठेकदारलाई काम गर्ने जिम्मा दिइयो । ठेकदारलाई तेश्रो दिन बिल बमोजिमको रकम भुक्तानी गरियो ।अहिले रुख बिरुवाको अवस्था कस्तो छ,रुख बिरुवाको हालत सबैले देखिरहेकै छन् ।

घटना–३ :
म आर के त्रिपाठी भन्दा सारा नेपाली जन धेरै जानकार हुनुहुन्छ,साफ गेम,विश्वकप,यूरोपियन कप, ओलम्पिक,एसियाड जस्ता गेमको मिति ४–५ वर्ष अगाडि नै तय गरिएको हुन्छ।गएको साफ गेममा पनि उद्घाटन हुनु भन्दा तीन दिन अघि मात्र मन्त्री ज्यूले मौखिक आदेशकै भरमा ५ करोड मुल्य बराबरको काम सडक सिँगार पटारको काममा खर्च गराउनु भयो,जसरी दुई मन्त्री सडक दायाँ बायाँ रुख बिरुवा लगाउन निर्देशन दिएका थिए।त्यही क्रम दोहोरियो, विगतको गल्ती बाट पाठ सिकिएन।साफ गेम सकियो।उनले लगाएका रुख–बिरुवा पनि मरे/

यी त केही उदाहण मात्र हुन्।हरेक काममा यो प्रवृत्ति दोहोरिनु नेपालको नियति बनेको छ ।

‘हामी सुध्रिनेवाला होइनौँ’- नेपालका राजनीतिक नेता,मन्त्री,प्रधानमन्त्री,नेतृत्व तहमा रहेका कर्मचारी सबैमा यो प्रवृत्ति देखिन्छ । नेपालमा बस्ने,दिन बिताउने मात्र वास्तविक नेपाली भएको भन्ने दाबी सुनेर घरीघरी विरक्त पनि लाग्छ तर मन मान्दैन ।बेलायतको लण्डनमा बस्ने म आर के त्रिपाठी भए पनि बोल्न,लेख्न मन लाग्छ ।

केही वर्ष अघि म आर के त्रिपाठी बेलायतबाट नेपाल गएको बेला सिंहदरबार दक्षिण गेट नजिक रहेको भवन विभाग,शहरी विकास विभागका डाइरेक्टरज्यू हरुलाई भेटेर भन्न गएँ ।उहाँहरुको एउटै आशयको उत्तर थियो–‘यो त इमर्जेन्सीमा काम गर्नुपर्ने भएकाले मन्त्रीजीले ठाडो प्रस्तावमा मुख्यसचिव मार्फत क्याबिनेट बाट निर्णय गरिएको हो ।’

त्यसपछि अझै केही गर्न सकिन्छ कि भनेर म आर के त्रिपाठी टंगाल स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेँ।त्यसबेला लोकमानसिंह कार्की प्रमुख आयुक्त हुनुहुन्थ्यो । २३ वर्ष अघि उहाँ जलश्रोत सचिव हुँदा म जलश्रोत मन्त्रीको निजी सचिव थिएँ । चिनजान थियो,समय पाएँ।सबै फेहरिस्त सुनाएँ । उहाँले पनि लिखित निवेदन दिनुस् भन्नुभयो, टार्नका लागि।

बेलायत बाट आमाबुबा,आफन्तजन भेट्न गएको पंक्तिकारले उहाँहरु सँग भेटेर देशको सम्पत्ति नोक्सान भएको बताउँदा बताउँदै ७ दिन गुजारेँ।यो भेटघाट बाट पार नलाग्ने निश्कर्ष पछि दैनिक पत्रिकामा लेख लेखेर सार्वजनिक चासो व्यक्त गरेँ।तत्कालीन रुख–विरुवा रोप्न,सडक सिँगार्न आदेश दिने मन्त्रीले मलाई चिन्नुहुँदो रहेछ।उक्त लेख पढे पछि उहाँले एक समारोहमा मेरा साथीहरुकै अघिल्तिर ‘लण्डनमा काम गर्ने आर के त्रिपाठी त पागल भएछ’ भन्नु भएछ।

त्यसपछि मलाई किन यति धेरै गाली आयो भनी अनुसन्धान गर्दा रातारात करोडौँ रुपैयाँको रुख–बिरुवा रोप्न,सडक सिँगार्न ठाडो आदेश दिने पनि संयोगवश कम्युनिष्ट पार्टीकै मन्त्री रहेछन्।बिरुवा सप्लाई गर्ने ठेकेदार पनि कम्युनिष्ट पार्टीकै कार्यकर्ता परेछन्।अनि मैले त्यो गाली स्वभाविक ठानेँ।सायद उनले सम्झिए– मेरो पेटमा लात हान्ने यही हो।

वास्तवमा यो त राज्यको ढुकुटीको दुरुपयोग हो । जनताको करबाट संकलित रकम हो । जनताले आफूले तिरेको करबाट संकलित रकम दुरुपयोग गरिनु हुन्न,संरचना बनाउँदा कम्तिमा ५०–६० वर्ष टिक्ने बनाउनुपर्छ भन्न नपाउनु पनि लोकतन्त्र हो र ? हैन नि ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!