डा शेखर कोइरालालाई लण्डनबाट पत्र – आरके त्रिपाठी

SHARE:

नेपाली कांग्रेस पार्टीको लागी करिब ३३ बर्ष देखि काम गरेको सदस्य भएकोले मन पोलेर यो लेखि रहेछु ।

धेरै पटक संसदिय चुनाब लडेका,पटक पटक मन्त्री,प्रधानमन्त्री भएकाहरुको असफलता देखी नेपाली जनता अब त्यहि पुरानै अनुहार लाई दोहोर्याउने वा पु:न मतदान गर्ने पक्षमा छैनन्।

बेरोजगारी बढ्नु,भ्रष्टाचार बढ्नु,ठूला आयोजना समयमै सम्पन्न नहुनु,संपन्न भएका आयोजना राम्रो संग नचल्नु,वैज्ञानिक कृषी संचालन नहुनु,आयात बढ्नु,निर्यात घट्नु, विदेश संबन्ध विग्रनु जस्ता तमाम कारण असफलताका सुचक छन्।

यो बिषय नेपाली कांग्रेस पार्टीका ६० – ७० बर्षे उमेरका पटक पटक सांसद,मन्त्रीहरु वा प्रधानमन्त्री भएकाहरु लाई थाहा भने छ।यो अवस्थामा यि नेताहरु आफू मरे त डुमै राजा भन्ने सोचमा छन्। वा मै फेरी हार्ने वा नदोहरिने भए किन चाहियो संवृद्धि वा सिंहदरबारमा शाशकिय बहुमत भन्ने पक्षमा छन्।यि Failure नेताहरु बाट अब अरु आश भरोस गरि चल्नु नेपाली कांग्रेस पार्टीलाई अरु हानिकारक हुनेछ।

मेरो हजुरबुबा,बुबा कांग्रेस हुँदा र मैले १८ बर्षको कलिलो उमेरमा नेपाली कांग्रेस पार्टीको सदस्यता लिंदा कांग्रेस प्रति जुन उत्साह,उमङ्ग, आँट भरोस थियो,यि सब आजकाल घटिरहेछ।

अन्य राजनैतिक पार्टीहरु त गैर जिम्वेवार भए भए तर नेपाली कांग्रेस पनि राष्ट्रियता,संस्थागत प्रजातन्त्र संविधान पालना,कानुनी राज्य स्थापना,वेतिथी अन्यको लागी त्यती सिरियश देखिएको छैन।

समग्रमा अहिलेको Top नेतृत्व वा अन्य नेतृत्व पनि खाशै सिरियस देखिएको छैन।नेपाली कांग्रेस पार्टीका करिब ७० बर्ष उमेर माथीका नेताहरुमा डा शेखर कोइराला लाई केहि भिजनरी,डायनामिक,सुन्ने,बुझ्ने र गहन विश्लेषण गरि गहन र शालीन ढङ्ले प्रस्तुती दिने केन्द्रिय नेता भएकोले डा शेखर कोइरालाले चाही अब भविष्यमा नेपाली कांग्रेस पार्टी लाई ऐकेबद्ध चलमय र प्रभावकारी बनाउन सक्नु हुनेछ भन्ने धेरै बुद्धिजिविको विश्वास छ।

डा शेखर कोइराला सहमतिमै भविष्यमा नेपाली कांग्रेस पार्टीको सभापती र नेपालको प्रधानमन्त्री हुनु हुनेछ भन्ने हामी विदेशमा बस्ने धेरै बुद्धिजिविको विश्वास छ।

तसर्थ मैले डा शेखर कोइराला लाई तलको दुई महत्वपूर्ण विषयमा विशेष ध्यान दिन यो पत्र लेख्दैछु।

आजकाल नियालेर हेर्दा हरेक घरमा डिजिटल बहस हुने गरेको छ /एकै घरमा पनि फरक फरक विचारका मानिसहरु हुन थालेको अबस्था छ।यसको प्रमाण मेरो लण्डन स्थित घर भित्रै म,मेरो श्रीमती र मेरो ठूलो छोरी विच विचारमा भिन्नता हुनु हो।

म आजकाल उच्चतम डिजिटल प्रविधि विकास र प्रयोगका कारण विदेशमा बसेका नागरिकको हैसियत मुलुक भित्रको राजनीतिक समीकरण नै बदल्न सक्ने अवस्था आएको देख्छु।

नयाँ डिजिटल प्रविधि र सामाजिक संजाल प्रचार प्रसारले गर्दा पार्टीहरुले यस अघि नागरिकका घर घरमा गएर विचार प्रवाह गर्ने र संगठन निर्माण गर्ने अवस्थाको अन्त्य हुन सक्ने संकेत गरिरहेको छ /

आजको युग प्रविधिको हो।नयाँ डिजिटल प्रविधि र सामाजिक संजाल प्रचार प्रसारले गर्दा पहिला जसरी मानिसका घर घरमा गएर संगठन बनाउने र विचार राख्ने अवस्था अब नरहन सक्छ /

प्रविधिका कारण अबका निर्वाचनहरुमा देशभित्रका भन्दा विभिन्न सिलसिलामा देश बाहिर रहेका नेपालीहरु निर्णायक हुने जस्तो देखिएको छ।

संसार माईग्रेसनले गर्दा सिंङ्गल भिलेज भएको र वैचारिक बहसको थलो पनि आजकाल डायस्पोरा नै हुन गएको छ।नेपाली कांग्रेस पार्टीले पार्टी सदस्य देखि सबै समितीका,भातृ संगठनका नेता कार्यकर्तालाई पार्टीको एजेण्डा, निती,सिद्धान्त र भविष्यको गन्तव्य बारे बारे सामाजिक सञ्जालबाट बहस,सञ्चालन,परिचालन गर्नु पर्ने बेला आएको छ।

पहिला पहिला मुखिया र जिम्मलहरुको धारणा नै आम मानिसको धारणा हुने जस्तो थियो । पछि राजनीतिक दलहरुका धारणामा मानिसहरु विभाजित भए/

अहिले त एउटा घरमा चार जना छन् ,फरक फरक पेशामा छन् ,चारै थरि विचारको छन् , चारै वटा स्वार्थको प्रतिनिधित्व गरेको छन्/
एउटै घरले विभिन्न विचारको प्रतिनिधित्व गरेको छ।प्रविधिले गर्दा समाजको चरित्रमा यस्तो खालको बदलाब आएको छ ।

प्रविधिको उपयोग गर्न नजान्ने र नसक्नेहरुले राजनीतिमा टिक्न नसक्ने अवस्था आएकोले पार्टीलाई प्रविधि मैत्री बनाउन नेपाली कांग्रेस पार्टीले ध्यान दिन जरुरी ठान्दछु/

अर्को तर्फ विदेशमा कांग्रेस चलमय बनाई भविष्यमा नेपालको महानिर्वाचनमा विदेशबाट समानुपातिक तर्फ भोट बढाउन जनसंपर्क समितीका केहि बौद्धिक एवं सक्रिय नेताहरुलाई आमन्त्रीत केन्द्रिय सदस्य र अन्य केहि सरकारी शाषकिय पदमा तुरुन्त नियुक्ति र होलटाइमर नेता तोकि उचित भुमीका दिनु पर्ने देखिन्छ !

कांग्रेसले विदेशमा रहेको जनसंपर्क समितीको भुमिका विदेश भ्रमणको लागी निमन्त्रणा आह्वान,खादा माला ग्रहण माग र कांग्रेसको राष्ट्रिय महाधिवेशनमा केहि थान महाधिवेशन प्रतिनिधीको भोट बाहेक अन्य भुमीका दिन आवश्यक ठानेको जस्तो लागेन।

यहाँ विचार गर्नु पर्ने कुरा के छ भने २०८४ को महानिर्वाचनमा निर्वाचन आयोगको पछिल्लो निर्णय अनुसार विदेश बाट समानुपातीक तर्फ नेपाली नागरिकले मतदान गर्न पाउने व्यवस्थाको लागी निर्वाचन आयोगले खाडी राष्ट्र ओमान देखि मतदाता नामावली संकलन गर्न शुरु गरि सकेको छ।

मतदाता नामावलीमा नेपाली कांग्रेसको विदेश स्थित नेपाली नागरिक भएका सदस्यहरु नै छुट्ने अवस्था देखियो।

यसको असर २०८४ को महानिर्वाचनको समानुपातिक भोटमा पर्ने देखिन्छ।

मेरो विचारमा २०८४ को महानिर्वाचनमा विदेशी नेपाली नागरिकले समानुपातिक तर्फ गर्ने मतदानले नेपालको संघिय संसदको अंक गणितमा १०- १५ सिट संख्या हेरफेर हुन सक्छ।यो हेरफेर नै सिंहदरबरको शाषन जोड्ने र तोड्ने अंक भई दिन सक्दछ।

मैले गहिरिएर नियाल्दा नेपाली कांग्रेस पार्टीले नेपाली जनसंपर्क समितीहरु लाई खासै महत्व दिए जस्तो लागेन।यसै गरि ढिला शुस्ती गरिरहँदा नेपाली कांग्रेस खस्कन सक्छ।

नेपाली कांग्रेस केन्द्रिय नेतृत्वले यि तमाम विषयमा बेलैमा हेक्का राख्न जरुरी ठान्दछु /

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!