
लण्डन । हिजो बीपीले सुवर्ण शमशेर देखि किसुन जी हुँदै बाँकी सबै नेतालाई आफ्नै छत्रछायाँमा राखेर भूमिका दिंदै पार्टी र छोटै समय किन नहोस् सरकार चलाए।
आदणीय शेर बहादुर देउवाले नेता डा. शेखर र गगन थापा बीच समेत खेलेर पार्टी भित्र एक्लौटी नेताका रूपमा स्थापित हुने अन्तिम अन्तिम प्रयाश गर्नु हुँदैन ।
यसले शेर बहादुर देउवालाई र नेपाली कांग्रेस पार्टीलाई अरु बढि हानी गर्दछ।
आदणीय शेर बहादुर देउवाले करिश्मायुक्त गगन थापा देखि परिपक्व नेता डा शेखर कोइराला सम्म लाई नफुटाई सँग सँगै यात्रा गराएर समृद्ध नेपाल सँगै कांग्रेस रूपान्तरणको मार्ग पहिल्याउन सक्नु पर्दछ ।
यो मात्र गर्न सके भने आदरणीय शेर बहादुर देउवाले दोश्रो विपी कोइरालाको स्थान लिनु हुनेछ ।
गगन थापाले पनि नेतृत्व आजै लिन हतार गर्नु हुँदैन।डा शेखर कोइराला संग गगन थापाले Top नेतृत्वमा प्रतिष्पर्धा गर्दा गगन थापा लाई घाटा हुन्छ।डा शेखर कोइराला पछि त स्वभाविक रूपमा गगन थापा लाई कसैले छेक्न सक्दैन नै ।
गगन थापा त्रिचन्द्र क्याम्पसमा I SC पढ्दा म त्रिचन्द्र क्याम्पसमा B SC पढ्दथें।हामी निकै मिल्ने दाजु भाई जस्तो थियौं।हामी कालो चिया खाएर रमाउथ्यौँ।ने वि संघ जुझारु बनाउँथ्यौ।
गगन थापा होनाहार छन्।तर उनले पनि हतार गरि Top नेतृत्वमा डा शेखर कोइराला संग प्रतिष्पर्धा गर्न खोजे उनी लाई अरु घाटा हुन्छ।
डा शेखर कोइराला पछि म स्वभाबिक रूपमा गगन थापाको विकल्प देख्दिन।तर गगन थापाले डा शेखर कोइराला संग उक्साहटमा हतार गरि प्रतिस्पर्धा गर्दा गगन थापा लाई धेरै घाटा हुने मैले देखेको छु।मैले त देखेको कुरा मात्र नडराई,नलुकाई,प्रष्ट राखि दिने हो।
तसर्थ पुःन भन्दछु कि नेपाली कांग्रेस पार्टी भित्र बृहत एकताको शुत्र भनेको आदरणीय शेर बहादुर देउवाको प्रस्ताबमा र गगन थापाको समर्थनमा डा शेखर कोइराला लाई भविष्यको नेपाली कांग्रेस पार्टी सभापती घोषणा गर्नु नै हो।
यसले देश भर पार्टी एकताको सन्देश जान्छ। गाउँ गाउँमा कार्यकर्ताको मनोभावना उच्च भई नेपाली कांग्रेसका कार्यकर्ता जुझारु बन्दछन् । यो झुटो कुरा होइन।मैले हजारौं नेता कार्यकर्ता संग संवाद,छलफल,संपर्क गरि बनाएको निचोड हो।
विदेशमा आउँदा शेर बहादुर देउवा संग धेरै समय संगै बसेर कुराकानी गर्ने,विदेश घुमाउने मध्य म पनि एक कार्यकर्ता हुँ।
आदरणीय शेर बहादुर देउवा मलाई चिन्नुहुन्छ, बुझ्नु हुन्छ र असाध्य मायाँ गर्नु हुन्छ।मैले प्रत्यक्ष भेटेरै आदरणीय शेर बहादुर देउवा लाई यि सबै भनेको पनि छु।
अब गगन थापा लाई भटेर भन्नु पर्नेछ।नेतृत्व परिवर्तनमा मेरो विशेष धारणा यस्तो छ। यहाँ पस्कन चाहन्छु।
हामीलाई रोग लाग्दछ ।
मेडिकल डाक्टरको जान्छौं पटक पटक।
यि मेडिकल डाक्टर रोग पत्ता लगाउँदैन।
हामी डा फेर्दछौं ।
अस्पताल फेर्दछौं।
हाम्रो बच्चा बोर्डिङ्ग स्कुलमा पढाउँछौं ।
बच्चाको स्कुलको नतिजा पटक राम्रो नआउँदा हामी बोर्डिङ्ग फेर्दछौं वा Tutor फेर्दछौं।
रेष्टुरेण्टमा खाना खान जान्छौं तर खाना राम्रो लागेने भने खान खान जाने रेस्टुरेण्ट फेर्दछौं।
जुत्ता पुरानो भए जुत्ता फेर्दछौं।
चपाउने दाँत झरे कृतिम दाँत फेर्दछौं।
त्यसै गरि चप्पल,लुगा,वेड फोन खाना,जागीर, ब्यबशाय सबै फेर्ने कोशिष गर्दछौं।
यो ध्रुव सत्य हो तर असफल नेता चाहिं फेर्ने होइन कि फेर्नु पर्दछ भनि उच्चाहरण गर्न सक्दैनौ।
यो सब आश लाभ र त्रासले भईरहेछ।नेपाली कांग्रेस पार्टीले लिएको सिद्धान्त चाहिं विना व्यक्तिगत आश,विना व्यक्तिगत त्रास र बिना ब्यक्तिगत लाभ हो।
तसर्थ बिग्रिएको नेपाली राजनीतिका पुराना र खराब पार्टपूर्जा फेर्न सक्ने, देश बिरोधी विदेशी दवावलाई थेग्न सक्ने, जनताका पीर, ब्यथा, समस्या, आवश्यकता, आँसु र रोदन बुझ्न सक्ने, जनताका समस्याहरु सँग जुध्न सक्ने, जनताका अप्ठ्याराहरुमा आफै मल्हमपट्टी बोकेर पुग्न सक्ने नेता डा.शेखर कोइराला अबको बिग्रिएको नेपालको राजनीति सङ्गल्याउने एक मात्र ब्यक्ति हुन।
डा शेखर कोइराला लाई कम्तीमा एक पटक नेपाली कांग्रेस पार्टी सभापती र नेपालको भविष्यको प्रधानमंत्री बनाउन कोशिष गरौं।यसमा नै नेपाल र नेपाली कांग्रेस पार्टीको हित हुनेछ।






