
कोशि प्रदेश सरकार र कांग्रेसले गरेको गल्ती
आर के त्रिपाठी – लण्डन
सर्वोच्च अदालतले दोश्रो पटक पनि सभामुख वा सभाको अध्यक्षता गर्ने व्यक्तिले सरकारले विश्वासको मत लिंदा मदतान गर्न नमिल्ने निर्णय गरिदिएको छ।
सभामुखले विश्वासको मत लिंदा यदि संख्या बराबर मात्र देखियो भने मात्र सभामुखले मतदान गर्न पाउने भनि किटानी गरिदिएको छ।
यो बराबरी मतको अवस्था बाहेक अन्य परिस्थितीमा सभामुखले मतदान गर्न नपाउने व्यवस्था गरिदिएको छ।
कोशि प्रदेश सरकारका मुख्य मन्त्री उद्धब थापालाई पदमुक्त गर्दै हिक्मत कार्कीलाई ४८ घण्टा भित्र मुख्य मन्त्री नियुक्त गर्नु र यस अघि कोशी प्रदेश सरकारका मुख्य मन्त्रीले विश्वासको मत लिंदा सभामुखले दिएको मत र प्रदेश प्रमुखले मुख्य मन्त्री नियुक्त गरेको प्रक्रिया र निर्णय नै गलत र असंवैधानिक भनेको छ।
हिजो के पी वलीले पटक पटक संघ विघटन गरेर असंवैधानिक काम गरे भन्ने गढवन्धनको ठूलो दल नेपाली कांग्रेसले नै पटक पटक असंवैधानिक काम गरिरहेछ।
नेपाली कांग्रेसले यस्तो असंवैधानिक कार्य पटक पटक गर्दा सर्वत्र लज्जीत बनाएको छ।
संविधानको पालना र रक्षा नेपाली कांग्रेसले मात्र गर्दछ भनि सदैब पैरवि गरिरहने नेपाली कांग्रेसले आफैलाई झुटो सावित गरिदिएको छ। यस्ता कार्यले कांग्रेस प्रति विश्वास र भरोसामा तुसारापात गरि दिएको छ।
नेपाली कांग्रेस पार्टीका वरिष्ठ नेता डा. शेखर कोइरालाले सुरुवाती देखी पटक पटक सभामुखले विश्वासको मत लिंदा शुरुमै मतदान गर्न नपाइने र गरे यो कार्य संसदिय मान्यता परम्परा र संविधान प्रतिकुल हुनेछ भनि पटक पटक नेपाली कांग्रेस पार्टी नेतृत्व र आम जनमानसमा प्रष्ट राख्नु भएको थियो। नेपाली कांग्रेस पार्टी नेतृत्व वा गठवन्धनको नेतृत्वले समयमै डा. शेखर कोइरालाको सल्लाह सुनेको भए कोशि प्रदेशमा यो लज्जा बेहोर्न पर्ने थिएन।
नेपाली कांग्रेस टप नेतृत्वले महत्वपूर्ण नितिगत, शाशकीय र संवैधानिक अभ्यास गर्दा डा. शेखर कोइरालाको सल्लाह नलिने हो भने अझै दुर्घटना र अलोकप्रियता बढ्नेछ।
नेपाली कांग्रेस पार्टीले गर्ने यस्तै असंवैधानिक गलत निर्णयले नेपाली कांग्रेस पार्टी सदस्य भन्दा जुन भरोसा,आँट,शाहस,जोश,जाँगर,ऊर्जा म मा थियो त्यो आजकाल घटिरहेछ।
नेपाली कांग्रेसले संविधान नाघेर काम गर्दा संस्थागत प्रजातन्त्र कमजोर भई व्यावस्था नै धरापमा पर्न सक्ने मेरो विश्लेषण छ। मैले त देखेको कुरा प्रष्ट राखिदिने प्रयाश मात्र गरेको हुँ।






