जीआरएनसीको १ अक्टोबरमा १० के र २ के दौड प्रतियोगिता हुने

SHARE:

लन्डन १२ सेप्टेम्बर २०२३ । हरेक वर्ष झैं यस वर्ष पनि रस्मूर बेलेस्ले १० के र २ के दौड आगामी १ अक्टोवरमा हुने भएको छ । रसमूर नेपाली कम्युनिटी (जिआरएनसी) ले ब्लक वाटर भ्याली रनर्ससँगको सहकार्यमा गर्ने दौड उक्त दिन बिहान १०ः३० बजे सुरु हुनेछ।

९ सेप्टेम्बरमा गोर्खा प्यालेस रेस्टुरेन्ट फर्नबोरोमा मन गुरुङको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । 

दौडमा जीआरएनसीले मार्शलको जिम्मेवार लिएको छ भने चिन्ह राख्ने बेलामा कम्युनिटीले गर्ने छ । कार्यक्रमका लागि उपाध्यक्ष उत्तर गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव सुशील थापा, संस्कृतिक सचिव दिनेश गुरुङ र प्रवक्ता किशोर चन्द रहेको उपसमिति गठन गरिएको छ । 

गत वर्षदेखि संस्थाले नेपाली र अंग्रेजी बोल्न सक्ने मार्शलहरु मात्र राख्दै आएको छ । उनीहरुलाई खानपानको व्यवस्था यसपालि पनि गरिने आयोजकले जनायो । 

उक्त रेसमा प्रथम हुने नेपालीलाई पुरस्कारसहित र एभरेस्ट रनमा जान सहयोग गरिने छ । दौडमा ५ सयलाई मात्र अवसर दिइनेछ । 

बैठकको संचालन सचिव सुशील थापामगरले गरेका थिए भने कोषाध्यक्ष श्याम श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा सहभागी सबैलाई संस्थाका अध्यक्ष मन गुरुङले धन्यवाद ज्ञापन गरे । 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!