चलचित्र ‘नाङ्गो गाउँ’ अक्टोबर १ मा बेलायतमा प्रदर्शन हुने

SHARE:


लन्डन २१ सेप्टेम्बर २०२३ । फिल्म समीक्षक हुँदै निर्देशनमा होमिएका दीपेन्द्र लामाको फिल्म ‘नाङ्गो गाउँ’ आगामी अक्टबर १ तारिखमा बेलायतमा प्रदर्शन हुने भएको छ ।

दयाहाङ राई, मिरुना मगर र सम्रागी शाह अभिनीत फिल्म १ अक्टोबरमा ह्यारो फुटबल क्लबको हलमा प्रदर्शन हुन लागेको उमेशराज मोक्तानले जानकारी दिए । उनका अनुसार पहिलो शो दिउँसो साढे २ बजे र दोस्रो शो साँझ साढे ५ बजे हुनेछ ।

‘आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु तपाईंहरुकै सहर ह्यारोमा आगामी अक्टोबर १ तारिख आइतबार नेपाली Blockbuster Movie ‘नांगो गाउ’तपाईंहरुकै मन पर्ने कलाकारहरु दयाहाङ राई, मिरुना मगर र सम्रागी शाह अभिनीत फिल्म शो हुनु गैरहेको जानकारी गराउन चाहन्छु,’ चलचित्र प्रदर्शन हुनेबारे मोक्तानले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यहाँहरुको गरिमामय उपस्तिथितिले नेपाली फिल्म उद्योगलाई सहयोग, हौसला अनी माया मिल्ने कुरोमा दुई मत हुने छैन । आउनुहोस् ठुलो पर्दामा डिजिटल साउन्ड सिस्टममा मनोरन्जन गरौं, नेपाली फिल्मलाई माया गरौं ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!