नेप्लिज अकाउन्टेन्ट एसोसिएसन यूकेको अध्यक्षमा सुरेन्द्र ढुंगाना

SHARE:

लन्डन । नेप्लिज अकाउन्टेन्ट एसोसिएसन यूकेको अध्यक्षमा सुरेन्द्र ढुंगाना निर्वाचित भएका छन् ।

गत १० अक्टोबरमा सम्पन्न एसोसिएसनको वार्षिक साधारणसभाले ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। उपाध्यक्षमा युवराज न्यौपाने र सञ्जीव सुवेदी, महासचिवमा इन्द्र गिरी, बोर्ड सेक्रेटरीमा कृष्ण भट्टराई र कोषाध्यक्षमा किरण अधिकारी चयन भए ।

रिसर्च एन्ड प्रोफेसनल डेभलपमेन्ट कमिटीको संयोजकमा जनकराज पोखरेल, रिकग्निसन कमिटीको संयोजकमा प्रकाश ढुंगाना, फन्ड रेजिङ एन्ड सोसल/नेटवर्किङ इभेन्ट्स अर्गनाइजिङ कमिटीको संयोजकमा सन्तोषराज पाण्डे तथा अर्गनाइजेसन/मेम्बर कमिटीको संयोजकमा पद्म आचार्य चयन भएको निर्वाचन समितिले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!