शाहरूखको ‘जवान’ले कमायो ९ सय सात करोड

SHARE:

एजेन्सी २२ सेप्टेम्बर २०२३ ।

बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म जवानले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ ।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार १४ दिनमा फिल्मले भारतीय बक्स अफिसमा ५१८ करोड भारू कमाएको छ । भने फिल्मले विश्वभरबाट ९०७ करोड ५४ लाख भारू कमाएको छ ।

यो फिल्मले छोटो समयमै विश्वभरबाट ९ सय करोड कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको छ । ुजवानु ले भारतीय बक्स अफिसमा ७५ करोडको ओपनिङ गरेको थियो ।

एटली कुमारले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ । फिल्ममा गौरी खानको लगानी छ ।

फिल्ममा शाहरूख डबल रोलमा देखिएका छन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा छिन् । जिके विष्णुले छायांकन गरेको फिल्मलाई रूबेनले सम्पादन गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!