लण्डन २४ सेप्टेम्बर २०२३ ।

प्रवासी नेपाली मञ्च युकेले सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
आगामी अक्टुबर २ तारीखमा बडा दशैं, तिहार, नेपाल संवत तथा छठ पर्वको अवसरमा शुभकामना आदान-प्रदान र सांस्कृतिक कार्यक्रम गरीने आयोजकले जनाएको छ ।
साथै मिडल्याण्ड तथा नर्थबाट एनआरएनए युकेमा निर्वाचित पदाधिकारीलाइ बधाई र निर्वाचनमा सहयोग गर्नेहरुलाई प्रवासी नेपाली मञ्च युकेले धन्यवाद पनि ज्ञापन गर्नेछ ।
कार्यक्रममा जनगायक कलाकारहरु जिवन शर्मा र पुर्णकला विसीको प्रस्तुती रहने बताइएको छ । बेलुका ४ बजेदेखी राती १० बजेसम्म द जंगल क्लव लेसिस्टरमा हुने सांस्कृतिक कार्यक्रममा बेलायतमा बसोवास गर्ने नेपालीहरुलाई उपस्थितिका लागि आयोजक प्रवासी नेपाली मञ्च युकेले अनुरोध गरेको छ ।






