गायिका सिम्रन र राजन कार्कीको स्वरमा ‘पारी ठुली भिर’सार्वजनिक

SHARE:

काठमाडौं २५ सेप्टेम्बर २०२३ । लोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहेको मौलिक लोक तथा दोहोरी गीत ‘पारी ठुली भिर’सार्वजनिक भएको छ ।

गायिका सिम्रन परियार र राजन कार्कीले गीतमा स्वर दिएका छन् । गीतमा राजन कार्कीको संगीत छ ।

नेपालीपनको आभास दिने किसिमले गीतको निर्माण गरिएको सुन्दर हमालले बताए । गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्चा हुन थालेको छ । मौलिक लोकलयमा आधारित गीतमा मायालु जोडी बीचको प्रेम र उत्सवलाई चित्रण गरिएको छ ।

सन्जय राईको छायांकन, अमृत चापागाईको सम्पादन तथा मनोहर भण्डारीको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा बेगम नेपाली र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ । सुन्दरको यस अगाडि कहिले पुग्ला धन, बनको खयर, सईले, आउन मायालु, उखुम, दसै गोजीमा हाले गीत चर्चामा रहेका थिए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/embed/s5BkzJa4Lfg?si=tRCkkrLnzymOAs7-

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!