अन्तराष्ट्रिय नेपाली कलाकार समाज यूकेको अध्यक्षमा कंडेल चयन

SHARE:

लण्डन २५ सेप्टेम्बर २०२३ ।

विदेशमा बस्ने नेपाली कलाकारहरुको संस्था ’अन्तराष्ट्रिय नेपाली कलाकार समाज इनास यूकेको अध्यक्षमा कलाकार तथा सञ्चारकर्मी सञ्जयभक्त कंडेल चयन भएका छन् ।

आइतबार लन्डन प्लमस्टिडस्थित गोर्खा क्लबमा सम्पन्न संस्थाको पाँचौं अधिवेशनले कंडेललाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो । अध्यक्ष निर्वाचित कंडेलले संस्थामा यसअघिका दुई कार्यकाल महासचिवको जिम्मेवारी सम्हालेका थिए । उनी इनास युरोपका वर्तमान सहसंयोजक पनि हुन् ।

आगामी दुई वर्षे कार्यकालका लागि निर्वाचित सर्वसम्मत समितिमा दीपक थापा वरिष्ठ उपाध्यक्ष, सबिना श्रेष्ठ उपाध्यक्ष, सर्वेन्द्र अधिकारी महासचिव, लाल बराली सचिव र लालमणि भट्टराई कोषाध्यक्ष छन् । कार्यसमिति सदस्यमा अभिषेक गौतम, गोमा खरेल ‘श्रेया’, सुष्मिता थापा, सुनिल न्यौपाने र अमृता पाण्डे चुनिएका छन् ।

त्यस्तै, संस्थाको प्रमुख संरक्षकमा इनास ग्लोबल उपाध्यक्ष मनिषकुमार श्रेष्ठ तथा संरक्षकमा संस्थापक अध्यक्ष सनमकुमार वैराग, पूर्व अध्यक्ष रजनी सुनुवार र निवर्तमान अध्यक्ष विनोद चिपालु मनोनित भएका छन् । राजन सुवेदी संयोजक तथा आनन्द धरेल र शेखर शर्मा सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमितिको घोषणा गर्दै पदाधिकारीलाई शपथग्रहण गराएको थियो ।

इनास यूके संरक्षक एवम् ग्लोबल उपाध्यक्ष मनिषकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष विनोद चिपालु, सल्लाहकार दीपक श्रेष्ठलगायतले नयाँ कार्यसमितिलाई कार्य सफलताको शुभकामना दिएका थिए । यसअघि निवर्तमान समिति अध्यक्ष विनोद चिपालुको अध्यक्षतामा सम्पन्न अधिवेशनमा संस्थाका वार्षिक तथा आर्थिक प्रतिवेदनहरु छलफलपछि पारित गरिएको थियो ।

संसारभर नेपाली कला, भाषा र संस्कृति संरक्षण र प्रवर्द्धनको उद्धेश्यसहित सन् २०१२ मा स्थापित इनासको यूके शाखा सन् २०१५ मा स्थापना भएको थियो । इनासले विश्वका ७० भन्दा बढि देशमा आफ्नो शाखा विस्तार गरिसकेको छ ।

इनास यूकेका नवनिर्वाचित अध्यक्ष कंडेलले आफ्नो कार्यकालमा नर्दन आयरल्याण्ड, स्कटल्याण्ड, वेल्स र इंग्ल्यान्डसहित बेलायतका चारै राज्यमा पहिलोपटक शाखा बिस्तार गरिने जनाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!