लण्डन ३० सेप्टेम्बर २०२३ ।

थाउजेन्डस् बुद्ध यूकेले आगामी अक्टोबर ८ तारिख २०२३ च्यारिटी डिनर नाइट आयोजना गर्ने भएको छ ।
नेपालबाट आएका लोकदोहोरीका सुप्रसिद्ध ख्यातिप्राप्त कलाकारहरू राजु परियार र शिला आलेको प्रस्तुतिसहित च्यारिटी डिनर गरिन लागेको हो । कार्यक्रम अल्डरसटमा रहेको एम्पायर हलमा बेलुकी ५ देखि राति ११ बजेसम्म हुने थाउजेन्डस् बुद्ध यूकेका अध्यक्ष मेजर समुन्द्र गुरुङले जानकारी दिए ।
कार्यक्रममा सुनगाभा दोहोरीसमेत समावेश छ । अध्यक्ष गुरुङले कार्यक्रममा सहभागी हुन सबै बेलायतवासी नेपाली समुदायलाई आग्रह गरेका छन् ।
कार्यक्रममा टिकट सीमित रहेकोले पहिला आउनेलाई प्राथमिकता दिइने जनाइएको छ । आयोजकका अनुसार कार्यक्रममा खाना पिउनको व्यवस्था पनि छ ।






