एनआरएनएमा राम्रो उम्मेदवार छान्न स्वविवेक प्रयोग गरौं [विचार]

SHARE:

६ वर्ष अघि हर्क साम्पाङ धरानको मेयर पदमा चुनाव उठे । आफूले चलाउने गरेको टेम्पोमा माईक जोडे । मतदान क्याम्पेनमा एक्लै हिँडे । म धरानको विकासमा नयाँपन दिन्छु, मलाई भोट दिनोस्, मलाई जिताउनोस् भन्दै टेम्पो र माईकबाट रोडमा बसेरै फूकिरहे । चुनाव आयो । मतदान सकियो । मतदान गणना भयो । हर्क साम्पाङले थोरै भोट ल्याए । सबैले गिज्याय ।

६ वर्ष अघि जित्नेले खादा माला गरे । अबिर जात्रा गरे । विजय ऱ्याली निकाले । नारा, जुलुस निकाले । समय बित्दै गयो । ६ वर्षअघि चुनावमा त्यो बखत धरानमा जित्नेले धरानको विकासमा खासै योगदान गरेनन् ।

५ वर्ष बित्यो । समय र विवेक परिवर्तनशील थियो । मतदाता, जनता सचेत थिए । व्यक्तिको आचरण, इतिहास, सादापन, इमान्दारिता, लगनशीलता, सहभागिता, बौद्धिकता, क्रियाकलाप नियालिरहेका थिए ।

१ वर्ष अगाडि चुनाव भयो । उनै हर्क साम्पाङले फेरि धरानको मेयरमा उठ्ने निर्णय लिए । त्यही टेम्पो चलाए/त्यही माईक फुके । पुन: कसैले गिज्याए । म धरानको विकासमा नयाँपन दिन्छु भन्दै भोट मागे । चुनाव आयो । मतदान भयो । मतगणना हुँदा भारी मतले हर्क साम्पाङ जिते । राम्रै गरिरहेछन् पनि ।

मैले आफूलाई हर्क साम्पाङसँग तुलना गरेको होइन । मेरो उम्मेदवारीलाई यदि कसैले हल्का भनि मजाक गरिरहेछन् भने के मात्र भन्न खोजेको हो भने समय परिवर्तनशील छ । मतदाता विवेक प्रयोग गर्न सक्ने भएका छन् जस्तो लाग्दछ ।

हिजो हामीले धन, डन, गाडी, घोडा, फ्लाइट टिकेट, होटल बुकिङ, प्रतिनिधि शुल्क, उम्मेदवारी शुल्क, राजनीतिक पार्टी, नेता, साम, दाम, दण्ड, भेद, सबै प्रयोग गऱ्यौँ तर एनआरएनए विभाजन भयो वा टुक्रियो ।

शेष घलेहरु अर्को कुनामा बस्नु पर्ने अवस्था किन आयो त ? केही कारण त होलान् नै ।

त्यसैले म के भनिरहेछु भने हामीले विगतमा गरेको गल्ती यो पटक नगरौं । म अब यी सब खराब क्रियाकलापबाट आफूलाई मुक्त गरिरहेछु । यो मेरो सुरुआत हो । अर्को चुनावमा अरु सदस्यहरु म जस्तै कुरा राख्दै मतदातासामु आउनेछन् जस्तो लाग्दछ । हुने यही हो ।

१५ वर्ष मैले एनआरएनएमा रही गरेको कार्यहरुले राम्रै अंक पाउला । बाँकी सबै मतदातामा छाडिदिएको छु । म आरके त्रिपाठीको उम्मेदवारीलाई यदि कसैले हल्का भनि मजाक गरिरहेछन् भने पुन: एकपटक मजाक गर्नेले सोच्ने बेला आएको छ ।

सबै उम्मेदवारका एजेन्डा छन् । हिजो के के गरे ? भन्ने इतिहास हेरौं । एजेण्डा पुन: नियालौं । उम्मेदवार के के कारण अघि बढिरहेछन् ? त्यो पनि हेरौं ।

एनआरएनएमा लामो समय काम गरेका साथीहरुलाई राजनीति र नेता देखाएर तर्साउन त भएन नि । त्यो अरुलाई पनि नगर्नु होला ।

मतदाता भेंडाबाख्रा होइनन् । स्वतन्त्र छन् । विवेकी छन् । मतदातालाई स्वतन्त्र विवेक प्रयोग गर्न दियौं वा मतदाताले स्वतन्त्र विवेक प्रयोग गरे भने संस्था स्वतन्त्र बन्छ । एनआरएनएको एजेण्डाले मूर्तरूप लिन्छ । यो हामीले हेक्का राख्न जरुरी छ । अब हामी परिवर्तनशील होऔं । आफ्नो निर्णय आफै गरौं । कसैको प्रभावमा नपरौं ।

यहाँ म आरके त्रिपाठीलाई भोट दिनै पर्दछ भनि भोट पनि माग्दिनँ । मतदाताको मनमा मलाई नियाल्ने, हेर्ने, इतिहास राम्रो वा खराब ? एक दिन, एक रात, एक महिना वा एकै छिनमा त परिवर्तन नहोला नै ।

मेरो आकृति, मैले लिने विचार जहाँ छ, त्यही छ, जस्तो लाग्दछ । कुरा के हो भने जो कोही असल उम्मेदवार मैदानमा छन् भने दण्डितचाहिँ गर्नु हुँदैन । यसले अर्को पाप निम्त्याउँछ ।

अनलाइन मतदान छ । एनआरएनएमा राम्रो उम्मेदवार छान्न स्वविवेक प्रयोग गरौं । राम्रो मान्छे छान्ने उपयुक्त मौका छ । हामी नबिकौं । विवेक प्रयोग नगरी उम्मेदवारको इतिहास नहेरी मतदान गरे हामी ट्रेड मिलजस्तै घुमिरहनेछौं । कहीं पुग्दैनौं । एनआरएनए महासचिव पदमा यो पटक मलाई मतदाताले जिताउने नै छन् । १५ वर्ष मैले एनआरएनएमा रहँदा गरेको कार्यहरुले राम्रै अंक पाउला । बाँकी सबै मतदातामा छाडि दिएको छु ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!