आँचल र प्रशान्त अभिनित चलचित्र हिटम्यानको पोस्टर र टिजर सार्वजनिक

SHARE:

काठमाडौं ३ डिसेम्बर २०२३ ।

नेपाली फिल्मलाई विश्ववयापी रिलिज गर्ने उद्देश्यसहित बनाइएको इण्डो नेपाली फिल्म हिटम्यानको पोस्टर र टिजर सार्वजनिक गरिएको छ ।

नेपालका लोकप्रिय कलाकार एवं दक्षिण भारतीय– तेलगु फिल्मका प्राविधिकहरुको सहकार्यमा निर्मित यस फिल्ममा आँचल शर्मा, बिष्णु अधिकारी, प्रशान्त ताम्राकार मुख्य भुमिकामा छन् । फिल्मलाई नेपालसहित भारत र प्रसिद्ध ओटिटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा समेत प्रदर्शन गर्ने बताइएको छ ।

पोस्टर रिलिज कार्यक्रममा अमेजन प्राइम भिडियोको तर्फबाट भेन्डरपार्टनर बनेर आएका प्रतिनिधि राजिभ थसभतापलीको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै अभिनेत्री शर्माले ट्रेलरमा आफूहरुको प्रश्तुति समेटेर आउनेमा आशावादी रहेको बताइन् । त्यस्तै अभिनेता प्रशान्त ताम्राकारले एउटा इण्डस्ट्रीमा काम गर्दैगर्दा अर्को इण्डस्ट्रीमा काम गर्ने अवसर पाउनु ठूलो कुरा रहेको बताए ।

फिल्म विभिन्न ५ देशमा छायांकन गरिएको थियो । दीपक अधिकारी निर्माता रहेको फिल्ममा साउथका चर्चित सङ्गीतकार मन्त्र आनन्द, सम्पादक बि नागेश्वर रेडीले सहकार्य गरेका छन् । फिल्म आउदो फेब्रुअरी महिनामा एक साथ विश्ववयापी रिलिज गरिने बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!