बंसजको नागरिकता निरन्तरता

SHARE:

साभार: योगेन क्षेत्रीको फेसबुकवाल

योगेन्द्र बहादुर क्षेत्री – अन्तर्राष्ट्रिय संयोजक, नेपाली वंसज नागरिक संघ ।

नेपालमा केहीदिन यता बनिरहेका समाचारका बिषयवस्तु हेर्दा लाग्छ यति सुन्दर र संभावना बोकेको देशमा System प्रणालीको बिकास कहिले होला ? यो प्रश्न र जिज्ञासा नेपाल भित्र बस्ने सामान्य नागरिकको मात्र नभएर बिदेशमा बस्ने नेपालीहरुको पनि हो ।

बिगत केहीदिन यता सामाजिक अभियन्ता भनेर चिनाउदै आएका दुर्गा प्रसाईको अगुवाईमा भैरहेको बिरोध प्रदर्शन र त्यहा व्यक्त गरिका अभिव्यक्ति उनको भेलामा सहभागी मानिसहरुका आशा र अपेक्षा सुन्दा नेपालमा सुशासनको अभाव मात्र होइन हरेक संस्था चाहे ती सरकारी हुन अथवा गैरसरकारी सबैमा चरम राजनीतिकरण र बेथितिले जरा गाडेको छ ।

त्यसैको नतिजा आज दुर्गा प्रसाईहरुको आन्दोलमा प्रकट हुन थालेको छ । कति सम्म बेथिति छ भने नेपालमा हरेक दिनजस्तै सहकारी संचालकहरु सर्वसाधारण गरिब नेपालीले जम्मा गरेको करोडौ रकम हिनामिना गरेर भागिरहेका छन तर सरकार ती ठगहरुलाई पक्राउ गरि कार्वाही गर्न सक्दैन । त्यस्तै लघुबित्त बाट लोन लिएकाहरु चर्को व्याज तिर्न नसकेर घरवार विहिन भैरहेका छन ।

तीनै पीडितहरु प्रसाईको आड र भरोसामा ऋण मिनाहा होला भनेर उनको पछी लागेका छन । कुनैबेला नेपालको सरकारी बैंक राष्ट्रिय बाणिज्य बैंक धरासाही बनेपछी बिदेशी गुहारेर व्यबस्थापन समाल्नु परेको घटना ताजै छ । नागरिकहरु प्रश्न गरिरहेका छन ब्यवस्था बद्लियो तर गरिब जनताको अबस्था बदलिएन भनेर । राजनीतिक नेतृत्वले आलोचना खेप्नु परिरहेको छ ।

हामी गैरआवासीय नेपालीकै वारेमा पनि सरकारले नागरिकता सम्बन्धी जुन व्यवस्था गर्यो त्यसले पनि गैरआवासीय नेपालीबीच नै फाटो र बिभाजन ल्याईदियो । कोही एनआरएनएका साथीहरुले अहिले सरकारले गरेको नागरिकता सम्बन्धी व्यवस्थालाई सकारात्मक भनेपनि बिदेशमा रहेका लाखौ गैरआवासीय नेपालीले अहिले सरकारले दिने गरेको नागरिकताको बिरोध गरिरहेका छन । उनीहरु चाहान्छन बंसजको नागरिकताको निरन्तरता होस ।

नेपालमा सम्पती किनबेच मात्र होइन बिदेशमा हासिल गरेको ज्ञान सीप र अनुभव लाई मातृभूमीसंग जोडनपनि बंसजको नागरिकताको आवश्यकता अपरिहार्य छ । गैरआवासीय नेपालीहरुका सन्तानलाई नेपालसंग जोडन पनि बंसजको नागरिकता कोशेढुंगा हुन्छ भन्ने हाम्रो बुझाई हो । त्यसैले नेपालमा साच्चिकै लगानी भित्र्याउने हो र बिकासको गति बढाउने हो भने नागरिकता सम्बन्धी अहिलेको व्यबस्था संशोधन गर्नु पर्दछ । आफ्ना नागरिकलाई अनागरिक बनाउदै लैजाने तर बिदेशीहरुला नागरिकता दिदैजादा नेपालको राष्ट्रियतामा दीर्घकालिन रुपमा कस्तो असर पर्ला ? यो बिषयमा अहिले कसैले घ्यान पुर्याउन सकेको देखिएन ।

नेपालमा प्रणालीको विकास होस सुशासन कायम होस र सबै नागरिकले समान र न्यायोचित तवरले जीवन यापन गर्न सक्ने बातावरण बनोस भन्ने हाम्रो चाहना हो । हामी विकासको यात्रामा सहभागी हुन्छौ भन्दा नागरिकता वाटै बन्चित गरियो । देशमा औद्योगिक वातावरण भएर रोजगारिका पर्याप्त अवसर भएको भए कुनै नेपालीलाई बिदेश जानुपर्ने बाध्यता हुदैनथियो ।

सरकारले एकातिर होनाहार युवालाई कामका लागि बिदेश पठाईरहेको छ भने अर्को तर्फ उनीहरुलाई बंसजको नागरिकताबाट बन्चित गरेर बिदेशमै बस नेपालमा नआउ भन्छ । त्यसैले यो बिभेद अन्त्य गरौ । बिदेशमा बसेका नेपालीलाई एनआरएनए नागरिकता दिएर होईन बंसजको नागरिकता निरन्तरता दिएर नेपाल फर्कने बाताबरण बनाउ भन्ने हाम्रो भनाई हो । यहि उद्देश्य लिएर हामीले नेपाली बंसज नागरिक संघ गठन गरेका हौ ।

यसको मुख्य उद्देश्य बंसजको नागरिरताको निरन्तरताका लागि बिश्वब्यापी अभियान संचालन गर्नु हो । यहि उद्देश्यका साथ हामीले यो अभिनान संचालन गर्दै बिश्वभर छरिएर रहेका नेपालीहरुलाई जोडने प्रयत्न गरिरेका छौ । धेरै साथीहरु यस अभियानमा जोडिईसक्नु भएको छ । यसैक्रममा लामो समयदेखी बेलायतमा बस्दै आउनु भएका समाजसेवी ब्यक्तित्व जो सबैका सुख दुखका साथी र परेको बेला जस्तो सुकै सययोग गर्न सक्ने ब्यक्तित्वका धनी आदरणीय शेर बहादुर सुनार ज्यू नेपाली वंसज नागरिक संघ वेलायतको संयोजकको जिम्मेवारी सहित यो अभियानमा जोडिनु भएको म जानकारी गराउन चाहान्छु ।

यसैगरि यो अभियानमा जोडिन अन्य धेरै देशहरुबाट साथीहरुले पहल गरिरहनु भएकोले छिट्टै नै विश्बभर नेपाली बंसज नागरिक संघको बिस्तार हैदैछ । आफ्नो बंसजको अस्तित्व रक्षाका लागि यस अभियानमा जोडिन चाहने साथीहरुले म संग सम्पर्क गर्नुहुन अनुरोध गर्दछु । साथै वेलायतमा रहनु भएका साथीहरु संयोजक शेरबहादुर सुनार ज्यू संग सम्पर्कमा रहन पनि म हार्दिक अनुरोध गर्दछु ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!