
लन्डन ६ डिसेम्बर २०२३ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले लिखित अनुमतिबिना कार्यक्रममा ‘गीतको म्युजिक ट्र्याक’ प्रयोग नगर्न सरोकारवाला सबैमा आग्रह गरेको छ ।
मंगलबर अध्यक्ष रिता थापामगर, महासचिव शिव हमाल र सचिव घनश्याम रिजालले देश, विदेशका सांगीतिक कार्यक्रमहरुमा विभिन्न स्रष्टा र उत्पादकहरुको स्वामित्वमा रहेको बौद्धिक सम्पत्ति अनधिकृत रुपमा व्यावसायिक प्रयोग गरिएको जनगुनासो आएको भन्दै उक्त कार्य रोक्न ध्यानाकर्षण गराएका हुन् ।
व्यावसायकि प्रयोग गर्नुपर्ने हकका सम्बन्धमा सम्बन्धित अधिकार धनी स्रष्टा, सर्जक, प्रस्तोता तथा उत्पादकहरुले समझदारीमा लिखित अनुमति प्रत्यायोजन गरेको अवस्थामा मात्र प्रयोग गर्न/ गराउन आग्रह गरिएको छ ।
अनधिकृत रुपम प्रयोग गरे/गराएको पाइएमा प्रतिलिपि अधिकार ऐन २०५९ र नियमावली २०६१ को व्यवस्थाअनुरुप सम्बन्धित अधिकार धनीको मागबमोजिम असुल उपर, जरिवाना, दण्ड सजाय हुन सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हमाल विकृति विसंगति न्यूनिकरण विभाग संयोजक र रिजाल उपसंयोजकसमेत हुन् ।







