
कुनै बेला गित संगीतको पाटोमा लाग्ने कमै हुन्थे । त्यस समयमा उहाले कठिन परिबन्धको बाबजुद पनि शब्द कोरी शब्दमा संगीत भरी राम्रो गीतहरुको सृजना गर्नुहुन्थ्यो । उहा कुनै बेला गित संगितमा लाग्दै गर्दा बिभिन्न समस्याहरु झेल्नु परेपनी आफ्नो जिवनको संगितको यात्रामै निरन्तरता दिने योजना बनाई निरन्तर यात्रा अघी बढाउनु भयो यो नै सचिन थापाको सफलता अनी सन्तुस्ती थियो, त्यस समयमा निकै कठिनाई अवस्था हुने गर्दथ्यो । गित संगित लेख्न रेर्कड गर्न भने त्यति सजिलो पाटो भने होईन । तर समयक्रमसंगै चल्न सक्ने एक खुबी सचिन थापा मगरसंग थियो । त्यसै क्रममा उहाले आफ्नै प्रड्क्सन हाउस खोल्ने हुटहुटी जागेको बताउनु हुन्छ । र त्यस समयमा प्रड्क्सन हाउस खोल्न धेरै झनझटिलो थियो । यस्तो काममा हात लाग्न ठूलै मान्छेको संगत गर्नुपर्ने हुँदा सचिनले लामो संघर्ष झेल्नु परेको कुरा बताउनु हुन्छ ।
यसरी लामो संकलप र प्रयास पछि उहाको नयाँ परिकल्पना जुर्ने अवस्थामा थियो । तर म्यूजीक प्रड्क्सन हाउस त खोल्ने भयो तर नाम जुराउन भने धेरै सकस भएको अनुभव बताउनु हुन्छ । सुरु सुरु मा प्रड्क्सन हाउस खोल्न पैसा भए पनि उहालाई सुझाउने कोही थिएन, सबै आफ्नो साथिहरुको संगतले फिल्डमा जाने, अनुभव लिने र अभ्यास गर्दै यहाँ सम्म आएको बताउनु हुन्छ । सचिन थापा मगर घर परिवारको कान्छो छोरा अर्थात एक दिदी, दाई पछिको सौखिन परिवारमा जन्मेका कान्छ छोरा हुनुहुन्छ । त्यस समयमा उहाको बाबा भारतिय लाहुरे हुनुहुन्थ्यो । यसरी परिवार को साथ सर्पोट पाएको हुनुपर्छ, गितसंगितमा लाग्नुको एउटा प्रेणा ।
सचिनसंग यूवा अवस्था देखिनै फेसन शो, आधुनीक गित सुन्ने, साथै पढाईमा त्रिसना भएका भएर होला गित रचना गर्न, गिटार बजाउने सिप गज्जब छ । उहाको लगभग दुई दर्जन भन्दा बढि गितमा शब्द संगित भरिसकेको राम्रो अनुभव रहेको पाउँन सक्छौ । उहा संग चर्चित नेपाली आर्टिस्ट तथा सेलिब्रेटीहरुसंग काम गरिसकेका छन् । उहाले दुई दर्जन भन्दा बढि आफ्नै शब्द संगितमा रेकडिंग गराई स्वंय आफै छायाकन तथा निर्देशन पनि गर्दे आउनु भएको छ । सो भिडियोहरु हेर्न आश म्यूजिक कम्पनी मार्फतयुटवमा खोज्न सक्छौ । उहाको दर्जनौ उत्कृष्ट भिडियोहरु युटुव मार्फत प्रसारणमा राखिएको छ । यसरी लामो प्रयास पछि आश म्यूजिक कम्पनी प्रा. लि. भनेर निरन्तर चर्चा बटुल्दै गएको पाउन सक्छौं ।
https://youtu.be/LzbENJGGkZ4?si=AtNdd0e7Ht2tm_E_






