ब्रिटिश फिल्म (बाफ्टा) अवार्डसमा नेपाली चलचित्र गोर्खा वारियरले पायो ‘इन्ट्री‘

SHARE:

लण्डन ११ डिसेम्बर २०२३ ।

विश्वकै प्रतिष्ठित ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस् (बाफ्टा) अवार्डसमा नेपाली चलचित्रले ‘इन्ट्री’ पाएको छ ।

निर्देशक मिलन चाम्सले निर्देशन गरेको फिल्म ‘गोर्खा वारियर’ ले नेपाली इतिहासमा पहिलो पटक बाफ्टामा ‘इन्ट्री’ पाएको हो । अब उसले लङ लिस्टका लागि हलिउड फिल्महरुसँग भिड्दै छ । बेस्ट फिल्म, एक्टर, डाइरेक्टर, फिल्म (अंग्रेजी बाहेक) र बेस्ट ब्रिटिश फिल्म क्याटेगोरीमा गोर्खा वारियरको प्रतिष्पर्धा हुनेछ ।

यूरोपमा अस्कर पछि दोस्रो ठुलो मानिने बाफ्टा फिल्म अवार्डस् २०२४ समारोह आउंदो १८ फेब्रुअरी २०२४ मा साउथ बैंक सेन्टर लन्डनमा हुंदैछ भने नोमिनेसन रिजल्ट १८ जनवरीमा आउने छ । पहिलो बाफ्टा अवार्ड २९ मे, १९४९ मा आयोजना भएको थियो ।

निर्देशक चाम्सले बाफ्टामा नेपाली सिनेमाले प्रवेश पाएकामा आफू र आफ्नो टिममा खुसीले सीमा नाघेको बताएका छन् । ‘सजिलो पक्कै थिएन तर आज लंगलिष्टका लागी ‘गोर्खा वारियर’ हलिउडका ठूलठूला सिनेमासंग प्रतिष्पर्धा गर्दैछ’, निर्देशक चाम्सले भने, ‘हार्नु जित्नु अलग कुरा हो तर गोर्खा वारियरले इतिहास राख्ने काम जारी छ ।’

उनले धेरै चरणपछि हजारौं फिल्ममध्येबाट बाफ्टामा प्रवेश पाएको बताउंदै अब अन्य नेपाली सिनेमा पनि सहभागी हुनु पर्ने बताए । उनले गोर्खा वारियरका नायक रितेश चाम्सप्रति गर्व समेत गरेका छन् । नायक चाम्सले बाफ्टामा आफ्नो चलचित्र प्रवेश गरेकामा खुशी व्यक्त गर्दै यो नेपाली चलचित्रकै महान उपलब्धि भएको बताए।

बेलायत नेपाल सम्बन्धको प्रमुख आधार स्तम्भ हुन् गोर्खा। ब्रिटिश सेनामा गोर्खा भर्तीको इतिहास झण्डै दुई सय ८ वर्ष लामो छ । ब्रिगेड अफ गोर्खाजले बेलायतका लागि कयौं देशमा लडेको इतिहास छ । ति मध्ये गोर्खाहरुले मलाया आपतकालका बेला कम्युनिष्ट आतंककारीहरुसंग सन् १९४८ देखि १९६० सम्म झण्डै १२ वर्ष लडेर वीरता प्रदर्शन गरेका थिए ।

मलाया युद्धमा वीरताको कथामा बनेको फिल्म ‘गोर्खा वारियर’ को अन्तर्राष्ट्रिय रेडकार्पेट प्रिमियर गत १० सेप्टेम्बरमा सेन्ट्रल लन्डनको लेस्टर स्क्वायरस्थित आइम्याक्स सिने वर्ल्डमा भएको थियो ।

हलिउड फिल्म प्रिमियर र विभिन्न अन्तर्राष्ट्रिय अवार्डसका लागि लोकप्रिय उक्त हलमा पहिलो पटक नेपाली फिल्म प्रिमियर भएर यसले निकै चर्चा बटुलेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!