नेपाल भ्रमणका अनुभब: आरके त्रिपाठी

SHARE:

आरके त्रिपाठी – नेपाल ।

आज नेपाल भ्रमणमा निस्केको ४५ दिन पुग्यो। ४५ दिनको भ्रमणका अनुभबहरु पाठकबर्गसंग पस्कन गैरहेको छु।

यहाँ धैर्य पूर्वक पढ्न,लेख्न,सुन्न,बुझ्न नरुचाउने समाज हामी बनाईरहेछौं।

घर,घडेरी,जग्गा र कार किन्नु वा जोड्नु नै यो जिवनको ठूलो प्रगती हो र उनै जोड्नेहरु लाई ठूलै प्रगती गऱ्यो भन्ने र भगबान पशुपतीनाथ सरह मान्ने,पुज्ने समाज हामी नेपालमा प्रतिदिन निर्माण गरिरहेछौं।

सबैको प्राथमिकातामा १ नंवर यो माथी उल्लेखित कुरा पर्दा देश पूर्ण संवृद्धि हुँदैन तर सामान्य प्राथमिकतामा चाहिं पर्नु पर्दछ।

यि चिज प्राप्ती गर्न ध्यान खिचिंदा बेतिथी र भ्रष्टाचार मौलाउँछ।समाजमा आर्थिक असमानता बढ्दछ।कहालीलाग्दो काटमार सुरु हुने समाज निर्माण भविष्यमा हुने वाला छ।

अर्को तर्फ व्यक्तिगत, सामाजिक, राजनैतिक बौद्धिक,भेटघाट गर्दा सामान्य घरमा चिया, कफि,विष्कुट खाएर विमर्श गर्ने परम्परा नष्ट भई भेटघाट होटल,रेस्टुरेन्ट,तारे होटलमा भेटौँ न है भन्ने परम्परा बढेको देखें।

रेष्टुरेण्टमा भेटघाट गर्दा चिया,कफि त चल्दै नचल्ने ,अरु अरु Cheers,Beers,Whisky Brandy,Cocktail Order गरिदिनु पर्ने तर हामीलाई कसैले नगर्ने?

यस्तो लाग्यो कि हामी प्रजा र अरु सबै राजा?यस्ता कार्यलाई विशेष गरि राजनितिज्ञले मितव्ययी बनाउन जरुरी छ।

अर्को एक डरलाग्दो कुरो जसरी पनि पैसा मात्र धेरै कमाउनु पर्दछ र यसले हामी र सन्तती लाई सुरक्षित राख्छ भन्ने सोचको होडवाजी भएको पाएँ।त्यसै गरि पैसा कमाय पछि पैसाको दुहाई दिंदै शाषकिय,प्रशासकिय,राजनैतिक पद प्राप्ती गर्ने होडवाजी देखे।

उता नेपालको हरेक बस्तु यति धेरै महंगो छ कि यस्तै Inflation जारी रहे अबको १० बर्षमा नेपालको Econony Crash हुने पक्का गर्न सकिन्छ ।…

Infrastructurecture पनि ध्वस्त भएको भएको पाएँ मैले।Project Complection Delay व्यापक पाएँ मैले।

जनस्तामा चाहिं Frustration व्यापक छ।जनताको नेता लाई हेर्ने दृष्टीकोण नकारात्मक पाएँ।यतास्थितीमा रहे यो व्यापक Frustration ले हाम्रो समाज,राजनिती प्रजातन्त्र लाई भविष्यमा कता कता धकेल्छ? समयमले नै बताउँला।

यो Frustration लाई समयमै परिस्थिती नियाली Control मा ल्याउन नसके हिजो रबि लामिछानेले ले Catch and Cash गरे जस्तै अब भविष्यमा बालेन शाह र दुर्गा प्रसाई ले पनि Catch and Cash गर्दछन् कि? भन्ने मलाई डर लागेको छ।

कांग्रेस पार्टी यसमा गंभीर हुन जरुरी छ। जनस्तरमा कांग्रेसको Top नेतृत्व प्रति जनताको मोह देखिन,पाईन मैले!यो कुराले मलाई दुःखी बनायो।

म फुर्सद समय पाउने वित्तिकै लेख्छु,पढ्दछु नियाल्छु।यो कार्यले मलाई त्यो डरलाग्दो संसार बाट बाहिर निस्केर सपना देख्न र जीवन र बाच्नुको सार्थकता के हो भन्ने बुझ्न,चिनाउन सहयोग गरेको छ ।यो नकारात्मक कुरा लेखिरहँदा परिस्थिती सकारत्मक बनाउन केहि सल्लाह संवन्धित निकायलाई दिन चाहन्छु/

समाज उत्कट आदर्शहरूको अपेक्षामा छ।तर, ठूलो परिवर्तन ल्यायौं भने पनि मानिसलाई रोजगारी छैन।उद्योग छैन।

पूँजी बजारले समाजलाई यसरी घेरेको छ कि बाँच्नलाई किन्नुपर्छ, किन्न नसक्नेले पैसा कमाएर किन्नुपर्छ।

आफ्नै खेती गर्नेले पनि खेतीको आम्दानीले नथेग्नेगरी बीउ र ‘फर्टिलाइजर’ किन्नुपर्छ।श्रम मूल्यको त कुरै छाडौं।त्यसैले मूल श्रमशक्ति वैदेशिक रोजगारीमा छ।विद्यार्थीको ठूलो तप्का वैदेशिक अध्ययन-रोजगारीमा छ।

त्यस धन्दाको दोहन पनि पूँजी बजारले नै गरेको छ।मुट्ठीमा गन्न सकिनेहरू कोही रातारात र कोही चौगुनाका हिसाबले धनी भएका छन् ।

चारैतिर परिस्थिति यसरी भड्काइँदैछ कि नेताहरुको कारणले कारणले देश समाप्तिको डिलमा पुगिसक्यो !

देशमै उद्यम,देशमै लगानी र देशमै अध्ययन- यी तीन पक्षमा राष्ट्रिय नीति नबन्ने हो भने देश लगभग मरुभूमि बन्नेवाला छ।

बरु नेपालमै मर्ने,जन्मभूमि भुटान जान नपाए कहीं नजाने’ भन्ने अडान राख्दै अन्तर्राष्ट्रिय शरणार्थी सहयोगी निकाय ‘यूएनएचसीआर’को सुविधाबाट समेत वञ्चित केही भुटानी शरणार्थी झैं स्वाभीमान भएका नेपालीले मात्रै नेपाल बचाउलान् ?

लगभग १० वर्षपछिको समाज चित्र आजको संकेतको दृष्टिले डरलाग्दो छ ।

उद्यम,लगानी र अध्ययन वातावरणको प्रारुप निर्माण हुन देशमा सुशासन हुनुपर्‍यो।सेवा र वितरण चुस्त हुनुपर्‍यो।उत्पादनको स्रोतमा गरिखानेको पहुँच हुनुपर्‍यो।

पहिलो त,कृषिकर्म मात्र जानेकालाई जमिनको हकबाट बेदखल गर्ने अनि अनुपस्थित जमिनदारका जमिन बाँझै रहने असामान्य सामाजिक अन्यायको अन्त्य आजको मूल कार्यक्रम हुनुपर्छ।सँगै त्यस जमिनलाई निर्वाहमुखी परम्परामा होइन,व्यवसायिक प्रयोजनमा उपयोग गर्ने राष्ट्रिय कार्यक्रम बनाइनुपर्छ।वैज्ञानिक प्रविधि,उन्नत बिजन र सिंचाइ त्यसको मूल सर्त हो ।

दोस्रो, साना तथा मझौला राष्ट्रिय उद्यमलाई सहुलियत सहित राष्ट्रिय कार्यक्रमका रूपमा योजनागत अभिप्रेरित गर्ने र तेस्रो,पाठ्यक्रम र शैक्षिक कार्यक्रममार्फत समेत देश आवश्यकताका प्राविधिक-सैद्धान्तिक शिक्षा प्राथमिकता निर्धारण गर्ने आमविश्वास निर्माण नगर्दासम्म देश रित्तिने नै हो।

पूँजी बजारका खास मालिकहरूले नै खासमा देश बन्न दिँदैनन् । चमत्कार त कुनै समाजमा हुँदैन। आशाको चमत्कार भने समाजवादी हुँ भन्नेको ससाना व्यवहारले नै निर्माण गर्नसक्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!