लन्डन २२ डिसेम्बर २०२३ ।

लमजुङको सुन्दरबजार नगरपालिका ९ फुलबारी भोटेओडार घर भई बेलायत निवासी राजकुमार सुनार र शान्ति सुनारको प्रस्तुति ‘सुन्दरबजार कटेसी कुन्छा’ गीतको दुई महिनामै १० लाख भ्यूज पुग्न सफल भएको छ ।
उक्त गीतको म्युजिक भिडियो गत असोज ३० गते मंगलबार बिबेक धिताल नाम युट्युव च्यानलमार्फत सार्वजनिक भएको थियो । हालसम्म उक्त भिडियोलाई १० लाख ४६ हजार बढीले हेरिसकेका छन् । कम समयमै १० लाख भ्यूज पुग्न सफल भएको भन्दै निर्माता राज कुमार सुनारले खुसी व्यक्त गरेका छन् ।
गीतलाई मन पराएर माया, सहयोग साथै हेर्ने, लाइक, सेयर, कमेन्ट गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘भगवानरुपी दर्शक, सञ्चारकर्मी साथीहरु, सबै नगरपालिका र प्रतिनिधीहरु प्रति धन्यवाद साथै आभार प्रकट गर्न चाहन्छौं ।’ लमजुङलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन र जिल्लाको पर्यटन प्रवद्र्धनमा सघाउने लक्ष्यका साथ समग्र लमजुङ जिल्लालाई समेटेर गीतको भिडियो तयार पारिएको निर्माता सुनारले बताए । गीतमा शब्द, संगीत बिबेक धितालको छ । एरेन्ज बि. बि. अनुरागी, रेकर्डिष्ट कमल थापा, गोबिन्द अनेक छन् ।
गीतमा बिबेक धिताल र रेजिना परियारको स्वर छ । कोरियोग्राफी, भिडियो निर्देशन उमेश गुरुङको, छायांकन शम्भु चालिसे, श्रृंगार राजकुमार गुरुङ, सम्पादन रोशन धितालको छ । श्रृष्टी सुनार, साईमन राना, सजिता सुनार, रुपेशराज सुनारको व्यवस्थापन रेहको म्युजिक भिडियोमा आनन्द गुरुङ, उत्साह घिमिरे, अनुस्का भण्डारी र साथीहरुको अभिनय रहेको छ । दृश्य निर्माण क्वालिटी फिल्मस् नेपालले गरेको छ । उक्त म्युजिक भिडियो लमजुङमा छायांकन गरिएको छ ।
ड्रोनबाट भिडियो लिइएको छ । लमजुङको प्रचारप्रसार गर्नका लागि भिडियो निर्माण गरिएको निर्माण युनिटले जनाएको छ ।






