काठमाडौं ११ जनवरी २०२४ । २० लाख राशिको भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि विनोद राईले जितेका छन् ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुक्रबार राति आयोजित ग्राण्ड फिनालेमा चार प्रतिस्पर्धीलाई उछिन्दै राईले उपाधि चुमेका हुन् । राईले कोच मिलन नेवार समूहको प्रतिनिधित्व गर्छन् । मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भए ।
दर्शकको सर्वाधिक भोटको आधारमा बिनोदले उपाधि जितेका हुन् ।






