लन्डनमा झण्डै एक दर्जन कार्यक्रम गरी प्रकाश सपुत नेपाल फर्किए

SHARE:

लण्डन १८ जनवरी २०२४ ।

नेपाली लोक दोहोरी क्षेत्रका लोकप्रिय गायक, संगीतकार, मोडल तथा अभिनेता प्रकाश सपुत बेलायतमा झण्डै दर्जन कार्यक्रम गरेर नेपाल फर्किएका छन् ।

बेलायतस्थित केप्लर इभेन्ट्सको आयोजनामा दोस्रो पटक लन्डन आएका सपुतले पहिलोपटक गत अगष्टमा आउँदा अल्डरसटको एम्पायर हलमा एउटा मात्र कार्यक्रम गरेर फर्किएका थिए । क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर बेलायत आएका सपूतले यसपटक भने यहांका विभिन्न शहरमा करिब एक दर्जन कार्यक्रम भ्याए ।

‘मह जोडी टुर २०२३’ को सिलसिलामा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथ सपुतले डिसेम्बर २३ मा लण्डनको ह्यारो लिजर सेन्टरमा पहिलो कार्यक्रम गरेका थिए भने १३ जनवरी सांझ अल्डरसटको एम्पाएर हलमा अन्तिम कार्यक्रम गरे । लन्डनबाहिर लिभरपुलमा सोमबार साँझ उनले बेलायत बसाइको अन्तिम प्रस्तुति दिएका थिए ।

ह्यारो, अल्डरसट, प्लमस्टेड, आसफोर्ड, स्वीन्डन, बेजिङस्टक, बर्मिंङहाम, स्कटल्याण्ड, लिभरपुललगायतका थुप्रै स्थानमा यसपटक उनले कार्यक्रम गरे । ‘बोल माया’ गीतबाट चर्चाको शिखरमा पुग्न सफल गायक सपुतको पछिल्लो गीत ‘मुटु कटक्कै’ अहिले निकै चर्चामा छ । करिब तीन साताको बेलायत बसाइमा उनले आफ्ना लोकप्रिय गीतमार्फत बेलायतका सबै उमेर समूहका दर्शक स्रोतालाई मनोरन्जन दिलाए । गीतसंगीतमार्फत मानिसका भोगाई, पीर अनि व्यथा उजागर गर्दै आएका सपुतले विशेषगरी विदेशमा बस्ने नेपालीको व्यथा केन्द्रित आफ्ना गीतहरु गाएर दर्शकलाई मार्मिक र भावुक बनाए ।

अल्डरसटको एम्पाएर हलमा आयोजित कार्यक्रममा सपुतले एक दर्जन बढी गीत गाएर मनोरन्जन दिलाएका थिए । उनी आउनु अगाडि नेपालबाट बेलायत आएका अर्का दोहोरी गायक आरपी पौडेलले ‘माझी दाई पोखरा फेवा तालमा’ गीतको लयमा अंग्रेजी नेपाली मिश्रित प्यारोडी गीतलगायत विभिन्न लोकभाका प्रस्तुत गरेका थिए ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!