आर के त्रिपाठी – बेलायत
सरकारमा बसेर काम गरेकाले भारतमा भाजपाले लगातार चुनाव जितिरहेको छ ।
सरकारमा भएको पार्टीले काम गरेपछि मात्र पुःन जित्ने हो। सरकारमा नरहेको पार्टीले सरकारको कमजोरी लाई प्रश्न गरेर जित्ने हो ।
कांग्रेस अहिले विचित्रको अवस्थामा छ । प्रचण्ड पथमा टाँसिएको जस्तो देखिन्छ । कांग्रेस सरकारमा छ, तर सरकारमा बसेर काम गरेको आधारमा कांग्रेसको लोक प्रियताको बारे हिजो मतदान गरेका धेरै मतदातासंग मैले बुझ्दा कांग्रेस सँग माओवादि समाती रहेकोले जनता खुसी छैन। खुशी नभएको जनताले २०८४ मा भोट किन हाल्लान् र ?
जनयुद्ध र १७००० मानिस मरेको बेदना भुल्ने माओवादि प्रति मलाई भन्नु केहि छैन।
मलाई नेपाली कांग्रेस पार्टीले सिद्धान्त, विचार, महाधिवेशनबाट पारित निती, कार्यक्रम र चुनाबको बेला छपाई गरि बुँदाबुँदामा उल्लेख गरी प्रतिवद्धता जाहेर गरेको घोषणा पत्र अनुसार नचल्दा पिर लागी रहेको छ।
यहाँ मैले पिर नगर्दा पनि हुने नै छ तर नेपाली कांग्रेस पार्टी मार्फत प्रजातन्त्र ल्याउन म लगायत मेरो परिवारको ठूलो योगदान रहेको छ। तसर्थ म चुपचाप गुमनाम रहि निरिह रहन सक्दिन र मैले बोल्नु नै पर्दछ।
मैले प्रश्न उठाउँदा धेरै कांग्रेसले मलाई राम्रो मान्दैनन्।कांग्रेस भएर कांग्रेसको विरोध गर्नेलाई कारबाहि गर्नु पर्छ भन्ने होलान तर मलाई केहि पिर आजकाल छैन।
हामी स्वर्गीय विपी कोइरालाले स्थापना गरेको नेपाली पार्टीको सदस्य हौं।देखेको कुरा बिना डर, त्रास प्रष्ट राख्ने हो।कारवाही गरे सहन तयार छु तर पुःन मैले यसो भन्नै पर्दछ।
अब पनि प्रचण्डको घुर्कीबाट तर्सिरहने र केपी वलीसंग मिल्न गई हाल्छन् र तत्पश्चात एमाले ले फेरी कांग्रेसलाई सिध्याई दिन्छ भन्ने गलत बैचारिक सोचले त्रासमा बाँचिरहने हो भने हामी नेपाली कांग्रेस वैचारिक, सैद्धान्तिक, व्यवहारिक रूपमा स्खलित हुन्छौं।
हामी यही त्रासमा गठबन्धन गठबन्धन भन्दै नारा रटान गरिराख्यौं भने चार वर्ष पछिको चुनाव कांग्रेस एक्लै लड्न सक्दैन।
प्रजातन्त्रमा हार जित हुन्छ नै।यो फुटबल खेल जस्तै हो।
प्रचण्डले छाड्दा सत्ता गुम्ने भए गुम्न देउ कांग्रेस।
त्यो अवस्थामा प्रतिपक्षमा बस कांग्रेस।
हरेक दिन गठबन्धनको रटान दिइरहनु भन्दा सरकार बनाउने अरु विकल्पमा पनि खोजी गर कांग्रेस ।
माओवादी पार्टी उत्पत्ति नहुँदा पनि नेपाली कांग्रेसले लडेकै हो।शासन चलाएकै हो। माओवादी पार्टी मुलधारमा आएपछि भएको विभिन्न चुनावमा पनि कांग्रेस नेतृत्वको सरकार बनेकै हो पटक पटक ।
कांग्रेस पार्टी अझै पनि प्रचण्डलाई प्रधानमन्त्री नदिँदा प्रचण्ड भाग्दछन् भनी डराइरहने हो भने यो त्रासमा बाँचिरहन अरुले सके पनि म सक्दिन।
सरकार बनाउने सबै विकल्पमा खुला छलफल चलाउ कांग्रेस।
म आर के त्रिपाठी नेपाली कांग्रेस पार्टीको सदस्यता लिएको र सक्रिय भइ लागेको ३५ वर्ष भयो।
म बाट नेपाली कांग्रेसको साख गिराउने कार्य यो जीवनमा कदापि हुँदैन ।
कृपया म आर के त्रिपाठीको सुझाब पनि सुन न नेपाली कांग्रेस।
प्रचण्ड छाड्दा प्रचण्ड पुःन ओली संग मिल्न जान्छन र कांग्रेसले सत्ता गुमाउँछ भनि सदैब डराई रहने, त्रासमा बाँचिरहने हो भने कांग्रेसको निती, विचार, सिद्धान्त र जनताबाट अनुमोदित कार्यदिशा प्राय मृत हुनेछ।
यो भय र त्रासले कांग्रेस लाई एक दिन खाई दिन्छ।
प्रजातन्त्रबादीले कहिले सत्तामा,कहिले प्रतिपक्षमा बस्ने परिस्थिती लाई सहज रूपमा लिनु पर्दछ।सदैब सत्तालाई मात्र कांग्रेस जस्तो लामो इतिहाँस भएको प्रजातन्त्रिक पार्टीले महत्व दिनु हुँदैन।
पुनः निवेदन छ कि प्रचण्डको घुर्कीमा नेपाली कांग्रेस सत्ता गुम्दछ कि भन्दै त्रासमा अब बाँचिरहन हुँदैन।नेपाली कांग्रेसले अब सरकार बनाउने वार्ताको ढोका सबैतिर खोल्नु पर्दछ।
अर्को तर्फ आजै गहिरो संग नसोचे २०८४ मा कांग्रेस एक्लै लड्नु पर्दछ भन्ने र लड्नु हुँदैन भन्ने विच ठूलो विवाद हुनेै नै छ।
त्यो बेलामा प्रचण्ड केपी वलीसंग मिलेर चुनाब लड्ने नै छन्।आखिर त्यो एमाले, माओबादी मिलेर चुनाव लड्ने अवस्था नेपाली कांग्रेसले रोक्न सक्दैन।
उता ५ वर्षे गठवन्धन सरकारको जनमानसमा लोक प्रियता पनि हवात्तै खस्कनेछ। ५ बर्षे गठवन्धन सरकारको अलोकप्रियताको असर नेपाली कांग्रेस पार्टी लाई पर्ने नै छ।
हामीलाई भोट दिने नदिने निर्णय कांग्रेस आफैले गर्ने होइन।जनताले गर्ने हुन्।
त्यसैले आज नै गठवन्धन गठवन्धन रटान गरिरहनु भन्दा आज देखि नै सबै विकल्पको खोज गरि पार्टी लाई अगाडी बढाउनु पर्दछ।।






