जातिको विवाह परम्परा अनुरुप स्थायीत्व हुनुपर्छ !

SHARE:

संजय सिङजाली मगर – नेपाल

मगर जातिमा नजिकको नाता मामा फुपूको छाराछोरी भित्र बिहे गरिन्छ । जसलाई फुपूचेला मामाचेली भनिन्छ । मगर समुदायमा कायम छ यो परम्परा । टाढाको नाता र फरक जात फरक समुदायमा विवाह गर्दा माया ममताको भावनामा कमी हुने, फरक संस्कार संस्कृतिले अप्ठ्यारो हुने र संस्कारहरू हराउँदै जाने हुनाले जातिको अस्तित्व नै सङ्कटमा पर्ने खतरा देखेर नजिकको नाताभित्र नै विवाह गर्ने परम्पराको थालनी भयो । मगर परम्परामा चली आएको फुपूचेला, मामा चेली रिति कुनै कुसंस्कार नभएर जातिको अस्तित्व कायम राख्ने एउटा दूरदर्शी नीति हो जुन हाम्रा पुर्खाहरूले शुरु गरे । त्यसपछिका पिढीहरूले क्रमश परम्पराको रूपमा अप्नाउने गरेको पाईन्छ।

अन्तरजातीय र अन्तरसामुदायिक विवाहले विशेषतः संस्कृतिको अतिक्रमण र परसंस्कृति ग्रहणको खतरा निम्त्याउँछ र यसले जातिको अस्तित्वमा नै प्रश्न चिह्न खडा गर्दछ । यसैले हाम्रा पुर्खाहरूले आफ्नै नातासम्बन्ध भित्रै विवाह गर्ने प्रचलनको सुरुवात गरेका हुँदा हुन् । कतिपय समुदायले यसलाई अचम्म र घृणाको दृष्टिले पनि हेरेको पाइन्छ र गलत ठान्दछ तर विज्ञान र प्राग्इतिहासले यसलाई सही साबित गरिदिएको छ ।

नजिकको नातामा विवाह गर्न हुँदैन बच्चा रोगी जन्मन्छ लामो आयुको हुँदैन, वंशको नाश हुँदै जान्छ भनेको पनि सुनिन्छ तर वैज्ञानिकहरूको खोज र अनुसन्धानले यसलाई गलत साबित गरिदिएको छ । इटालीको आभोद्दा सदिनीया भन्ने ठाउँका मानिसहरू विश्वका लामो आयु बाँच्ने मानिसहरू मध्येमा पर्दछन् । वैज्ञानिकहरूले यस्तो रहस्यको खोज र अनुसन्धान गर्दै जाँदा आश्चर्यजनक कारण भेट्टाए त्यो के रहेछ भने उनीहरू सदियौँ अगाडि देखि नै नजिकको नातामा विवाह गर्दै आएका रहेछन् ।

हाम्रा पुर्खाहरूले आफ्नो जातिको अस्तित्वलाई जोगाइराख्नलाई नै संस्कार रुपमा निरन्तरता दिएको पाईन्छ । किनकि हाम्रा पुर्खा आजका मानिसभन्दा पनि दूरदर्शी र चलाख थिए भन्ने विभिन्न दृष्टान्तले देखाउँछ । हामीले अहिले प्रयोग र भोग गर्दै आएका विभिन्न वैज्ञानिक आविष्कारहरू, अद्भुत भौतिक संरचनाहरू, अचम्म लाग्दो कला कौशल सबै पहिलेकै मानिसको विवेक र चतुर दिमागीपनका देन हो । त्यसबेलाको अवस्थामा आफ्नो जातिको अस्तित्व जोगाउन उनीहरूले यस्तो बुद्धि र विवेक लगाएर यो परम्पराको शुरुवात गरेको हुनुपर्दछ । हामीले यसको सम्मान गर्नु पर्दछ ।

कुसंस्कारलाई छोडेर पुर्खाहरूले सही संस्कार, संस्कृति, रीतिरिवाज र परम्परालाई सम्मान र श्रद्धा गर्नु प्रत्येक पिढीको कर्तव्य हो । यसको मतलब कसैको अन्तरजातीय विवाह गर्ने स्वइच्छा र स्वतन्त्रतालाई बोयकोट गरिनु पर्छ भन्न खोजिएको होईन । कसैको व्यक्तिगत स्वतन्त्रता र नैसर्गिक अधिकारको हनन नगरी आफ्नो जातिको संस्कार संस्कृति र परम्परालाई सकेसम्म संस्कारको रुपमा अपनाउँ । यसरी नै प्रत्यके जातिको भाषा, धर्म, संस्कृति, रितिरिवाज, परम्परा संरक्षण प्रति हित हुनजान्छ । पहिचान, अस्तित्व, जाति स्थापित भन्ने कुरा यसरी स्थायी रुपमा जाग्ने हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!