काठमाडौं ४ फेब्रुअरी २०२४ ।

गायिका अनुपा मगरको वरको छायाँले पन्चेबाजा गीत सार्वजनिक भएको छ ।
अर्जुन सुवेदीको शब्द तथा अनुपा र सूर्य खड्काको स्वरमा रहेको उक्त म्युजिक भिडियो शनिबार अनुपा मगर युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
विनोद भण्डारी र नारायणी खत्रीको दमदार अभिनय रहेको भिडियोमा राम गगनको संगीत, एरेन्ज मिक्सिङ एचबीएन किस्मतको रहेको छ ।
भिडियो सम्पादन मनोज कार्की र निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले गरेका छन् ।






