
आर के त्रिपाठी – बेलायत
मेरा मित्र इच्छा राज तामाङले कुनै दिन मलाई यसो भन्दै थिएः आर के त्रिपाठीजी, विदेशमा काम रोजगारी गर्ने लाई हेर्ने दृष्टिकोण हामी राजनितिज्ञ हरुको सकारात्मक छैन, जे जे गर्ने हो, मैले जस्तो नेपालमा नै बसेर काम गर्नु पर्दछ।
नेपालमा के छैन ? एउटा ज्यान र सानो परिवार पाल्नको लागी आर के त्रिपाठी जस्तो बौद्धिक र इन्जिनियर व्यक्तित्व पनि बिदेशमा हराउनु हुन्छ त्रिपाठीजी ? भन्दै थिए मलाई मेरो मित्र इच्छा राज तामाङ कुनै दिन मलाई ?
म भन्दथें संसार ग्लोबल भिलेज हो। संसारको जुन कुनामा रहे पनि असल आचरण राखी हामीले मानब हितको लागी काम गर्न सक्नु पर्दछ।
मानब हितको कुरा गर्दा पहिलो प्राथमिकता चाहि नेपाल र नेपालीको जय होस भन्दथे म।
जहाँ रहे पनि नेपालको र नेपालीको वा नेपाल आमाको, मातृभुमिको अहित चाहि गर्नु हुँदैन।
ज्यान र परिवार पाल्नको लागी नै भए पनि विदेश रोजगारीमा जाँदैमा के विगारेका छन् र विदेशका बस्ने नेपालीहरुले भन्दै म मेरा मित्र इच्छा राज तामाङलाई संझाउँदै थिएँ तर मित्रको म वा हामी विदेशमा बसि काम गर्ने प्रति हेर्ने दृष्टीकोण नोकर लाई हेरे जस्तो थियो। केहि भनिन ।
यस्तै छ नेपाल र नेपालमा बसि हुँकार दिने नेताहरु भन्दै मन अमिलो बनाउँदै थिएँ कुनै अतितका दिनहरुमा।कुनै दिन यि मेरा मित्र इच्छा राज तामाङ यसो भन्दै थिएः
किन विदेश गई इन्जिनियको काम गर्दछौ आर के त्रिपाठी जी ? काम, कमाई, विलाशी जिन्दगी, इज्जत नेपालमा नै छ ।
म इन्जिनियर मात्र होइन,एमाले पार्टीको सांसद पनि छु नेपालमा।
आर के त्रिपाठी जस्तो इन्जिनियर बेलायतमा गई इन्जिनियर काम गरेको सुहाएन ।
नेपाल फर्कनोस र सांसद बन्नोस । मन्त्री बन्नु पर्दछ तपाईं र म आर के त्रिपाठीजी भन्दथे।
तर यो के सुन्न पऱ्यो मित्र इच्छा राज तामाङ हजुरलाई ?






