नाटक ‘मासिन्या’ को मञ्चन १० दिन थपियो

SHARE:

संजय सिङजाली मगर

काठमाडौँ– नाटक ‘मासिन्या’को मञ्चन थपिएकोे छ । दर्शकको बढ्दो मागलाई मध्यनजर गर्दै १० दिनका लागि नाटकको मञ्चन थपिएको ताम्सालिङ संघर्ष समित सचिवालयका सदस्य बाबुराम लोप्चनले एभरेस्ट टाईम्स् युके लाई जानकारी गराउनु भएको थियो ।

माघ २८ गतेसम्म मञ्चन गरिने भनिएको नाटक अब फागुन २ गतेदेखि १२ गतेसम्म सोमवार बाहेक मञ्चन हुनेछ । माघ ११ गतेदेखि मञ्चन सुरु गरिएको नाटकलाई ४ हजार भन्दा दर्शकहरु हेरिसकेको मण्डला बक्स अफिसले जानकारी गराएको हो।

नाटक हेर्नका लागि उपत्यका बाहेक मकवानुपर, दाङ, पोखरा, धरान, विराटनगर, दमक लगायतका स्थानहरुबाट दर्शकहरु आगमन निरन्तर छ । नाटक हेर्न राजनीतिकर्मीदेखि सुकुम्बासी बस्तीसम्मका दर्शकहरु सहभागी भएकाले समुदाय विशेष सिर्जनामा थप हौसला मिलेको नाटकका लेखक राजु स्याङ्तानले बताउनु भयो ।

‘नाटक हेर्ने दर्शकमा तामाङ मात्र नभएर गैर तामाङहरुको पनि उल्लेख्य उपस्थिति रहेको छ’, ‘उनले भने, यसले तामाङ सुमदायलाई हेर्ने परम्परागत नजरिया नै परिवर्तन ल्याएको छ । यो हामीजस्ता स्रष्टाका लागि सुखद महशूस गर्नुपर्छ ।’

’नाटक लेखनमा स्याङ्तानसहित लक्ष्मी रुम्बा र राबत ( रामबहादुर तामाङ ) छन् । समुदाय विशेष कथा नाटकमा लिएर आएको समूहको यो पहिलो प्रयास भएकोले दर्शकको अभाव पर्ला कि भन्ने अनुमान थियो । अत्यधिक दर्शकको मायाले नै अझै सिर्जनामा जिम्मेवारी थपिएको लेखक राबतले सुनाए ।

बुद्धि तामाङ र सोनाम लामाको परिकल्पना तथा निर्देशन रहेको नाटकमा रुपेश तामाङ, रोहनी लामा, सानुमाया तामाङ, विष्णु मोक्तान, रमिला मोक्तान, विकास लामा, सुनिल तामाङ, विजय नेपाल लगायतका कलाकारहरुले उत्कृष्ट अभिनय गरेका दृश्य देख्न सकिन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!