इण्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल मेनुका राष्ट्रपतिद्वारा सम्मानित

SHARE:

काठमाडौं १२ फेब्रुअरी २०२४ ।

इण्डियन आइडलको उत्कृष्ट दश (टप टेन) मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गरेका छन् ।

राष्ट्रपति पौडेलले सोमबार शीतल निवासमा एक समारोहबीच मेनुकालाई सम्मान गरेका हुन् । राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम, मिहिनेत र योग्यताले सबै नेपालीको शीर उँचो बनाएको भन्दै देशका छोराछोरीले नै मिहिनेत र आफ्नो क्षमता देखाएर मुलुकको शान र गौरव बढाउने उल्लेख गरेका छन् ।

उनले मिहिनेत र अभ्यासले मानिसलाई सफल बनाउने उल्लेख गर्दै मेनुकाको उत्तरोत्तर प्रगतिको कामना समेत गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!